काठमाडौं, १४ असार । अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । त्यसैले बैंकको सेयर कारोबार यही असार २१ गतेदेखि साउन ८ गतेसम्मको लागि बन्द हुने बैंकले जनाएको छ ।
उक्त निर्णय बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयर विक्री वितरण हुने बैंकले जनाएको छ । बैंकको आगामी साधारणसभा यही आउँदो साउन ८ गते हुने भएको छ । हाल बैंकको चुँक्ता पूँजी करिब ११ करोड ८० लाख रुपैयाँ रहेको छ भने बजारमा ६६५ रुपैयाँको हाराहारीमा सेयर किनबेच भइरहेको छ ।