काठमाडौं, १० असार । सरकारले पूजी खाता पूर्णपरिवत्र्य बनाउने तर्फ पहल सुरु गरेको छ । अहिलेसम्म चालु खाता नै आंशिक खुल्ला गरेको सरकारले आगामी २०७६ भित्रमा पूजी खाता पूर्णपरिवत्र्य बनाउने महत्वाकांक्षी योजना अगाडी सारेको हो ।
सरकारले विश्व बैंकको सहयोगमा तयार पारेको वित्तीय क्षेत्र विकास रणनीतिमा यस्तो उल्लेख गरिएको छ । सो रणनीति तयार भइसकेको छ । यसअघिको मन्त्रिपरिषद बैठकले रणनीति पारित गर्ने भने पनि समय नपुगेको कारण मात्रै रोकिएको हो । अब बस्ने मन्त्रिपरिषद बैठकले सो रणनीति पारित गर्ने अर्थमन्त्रालयका अधिकारीको भनाइ छ ।
सो रणनीतिमा वित्तीय स्थायित्व प्राप्त गर्नको लागि समष्टिगत अर्थतन्त्रलाई सवल र स्वस्थ तुल्याउने भनिएको छ । यसको लागि ‘पूजी खाताको पूर्णपरिवत्र्यतातर्फ कदम चाल्दा देखा पर्न सक्ने चुनौतिहरु सामना गर्न पर्याप्त सुरक्षाका उपायहरुको विकास गर्ने’ भनिएको छ । यसको अर्थ अव पूजी खाता पूर्ण परिवत्र्य बनाउनको लागि तयार सुरु भएको हो । यस्तो कार्य आगामी २०७६ साल भित्रमा गरिसकिने लक्ष्य तोकिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
पूजी खाता परिवत्य हुने अवस्था रहेमा नेपालीलाई विदेशमा लगानी गर्न बाटो खुल्ला हुन्छ । अहिलेसम्म सरकारले पूजी खाता परिवत्र्य नबनाउदा विदेशमा लगानी गर्ने नेपालीले चोर वाटो भएर वा बैकल्पिक विधि अपनाएर लगानी गरिरहेका छन् । पूजी खाता पूर्ण परिवत्र्य भएमा विदेशमा लगानी गर्न चाहने नेपालीले जति विदेशी मुद्रा माग्छन् त्यति विदेशी मुद्रा सरकारले दिनुपर्ने हुन्छ ।
तर यसरी विदेशमा लगानी गर्नको लागि विदेशी मुद्रा दिन विदेशमा लगानी गर्ने सम्बन्धि कानुनमा पनि सो अनुसारको ब्यवस्था भने गर्नुपर्ने हुन्छ ।
अहिले सरकारले चालु खाता पनि पूर्ण खुल्ला गरेको छैन । विदेश भ्रमणमा जादा नेपालीले प्रतिब्यक्ति २ हजार ५ सय अमेरिकी डलर मात्रै लैजान पाउछन् । सो भन्दा बढी रकम लिनु परेमा उचित कारण र प्रमाण पेश गर्नुपर्छ । यो भनेको चालु खाता पनि आंशिक मात्रै खुल्ला छ भन्ने हो ।