बाफिया फर्कियो अर्थ समितिमा, सभापति भन्छन–फेरी छलफल गर्छाैै

<p>काठमाडौं, ७ असार । सरकारले बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन(बाफिया)लाई संसोधन गर्न बनेको बिधेयक अर्थ समितिमै फिर्ता पठाएको छ । संसोधनको मुल मर्मलाई मिचेर अर्थ समितिले ऐन संसोधनको बिधेयक पारित गरेको भन्दै अर्थमन्त्री बिष्णु पौडेलले पुनः समितिमै फिर्ता पठाएका हुन् । समितिमा रहेका बैंक सञ्चालक समेत रहेका सांसदहरुले आफ्नो हित अनुकुल संसोधन गरेर ऐनको [&hellip;]</p>

काठमाडौं, ७ असार । सरकारले बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन(बाफिया)लाई संसोधन गर्न बनेको बिधेयक अर्थ समितिमै फिर्ता पठाएको छ । संसोधनको मुल मर्मलाई मिचेर अर्थ समितिले ऐन संसोधनको बिधेयक पारित गरेको भन्दै अर्थमन्त्री बिष्णु पौडेलले पुनः समितिमै फिर्ता पठाएका हुन् ।

prakash_jawala-300x213समितिमा रहेका बैंक सञ्चालक समेत रहेका सांसदहरुले आफ्नो हित अनुकुल संसोधन गरेर ऐनको मस्यौदा तयार पारेका थिए । नेपाल राष्ट्र बैंकले तयार पारेको संसोधन मस्यौदा माथी अर्थसमितिले उप समिति गठन गरेर अध्ययन गरेको थियो ।

सांसद दिपक लुइटेलको संयोजकत्वमा गठित उपसमितिमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ लगायत सदस्य थिए । उनीहरुले बाफिया संसोधनको मुल मर्मलाई मिच्दै आफु अनुकुल मस्यौदा पारित गरेको आरोप लागेको थियो ।
सञ्चालक तथा अध्यक्षको कार्यकाल, योग्यता, सस्थापक सेयरको कारोबार र प्रमुख कार्यकारी अधिकृतको कार्यकाल लगायतका बिषयहरु संसोधन गरेर अर्थसमितिले मस्यैदा तयार पारेको थियो ।

अर्थ समितिका सभापति प्रकाश ज्वालाले भने–’बाफियामाथी पूनःछलफल गर्न निर्देशन आएको छ, हामी थप छलफल गरेर आवश्कता अनुसार अघि बढ्छौं ।’ उनले सरोकारवाला सबै निकायसँग थप छलफल गरेर बाफियाको नयाँ मस्यौदा पठाउने विकासन्युजसँग बताए ।

Share News