यी हुन सोमबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

<p>काठमाडौं, ६ असार । आइतबारबाट ओरालो लाग्न सुरु भएको सेयर बजार सोमबार पनि निरन्तर बन्यो । पहिलो दिन १० दशमलब ६७ अंकले घटेको बजार दोश्रो ७ दशमलब १७ प्रतिशतले ओरालो लाग्यो । सोमबार १३५ कम्पनीको १८ लाख ४५ हजार कित्ता सेयर १ अर्ब १९ करोड रुपैंयाँमा कारोबार भयो । यस्ता छन् सर्वाधिक कमाउने १० कम्पनी [&hellip;]</p>

काठमाडौं, ६ असार । आइतबारबाट ओरालो लाग्न सुरु भएको सेयर बजार सोमबार पनि निरन्तर बन्यो । पहिलो दिन १० दशमलब ६७ अंकले घटेको बजार दोश्रो ७ दशमलब १७ प्रतिशतले ओरालो लाग्यो । सोमबार १३५ कम्पनीको १८ लाख ४५ हजार कित्ता सेयर १ अर्ब १९ करोड रुपैंयाँमा कारोबार भयो ।

यस्ता छन् सर्वाधिक कमाउने १० कम्पनी
राष्ट्रिय बीमा कम्पन लिमिटेड प्रमोटर सेयरको मुल्य ६५० रुपैंयाले बढेर ७१५० रुपैंयाँ पुगेको छ । नेको इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले पनि १६१ रुपैंयाँ कमाएका छन् । नेकोको सेयर मुल्य १७७८ रुपैंयाँ पुगेको छ । जेबिल्स फाइनान्सका लगानी कर्ताले २२ रुपैंयाँ कमाउने यसको सेयर मुल्य २४७ रुपैंयाँ पुगेको छ । युनियन फाइनान्सको मुल्य १६१ रुपैंयाँ पुग्दा यसका लगानी कर्ताले १४ रुपैंयाँ कमाएका छन् ।

सिनर्जी फाइनान्सको सेयर मूल्य १३ रुपैंयाले वृद्धि हुँदा यसको सेयर मुल्य १५० रुपैंयाँ पुगेको छ । आइसीएफसी फाइनान्सको मुल्य २१ रुपैंयाँले बढेर ३१० रुपैंयाँ पुगेको छ । साझा विकास बैंकको सेयर मुल्य पनि २० रुपैंयाँले बढेर ३०० रुपैंयाँ पुगेको छ । सानिमा माई हाइड्रो पावर लिमिटेडका लगानी कर्ताले पनि ६० रुपैंयाँले बढेर ९३५ रुपैंयाँ पुगेको छ ।

लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानी कर्ताले १८३ रुपैंया आम्दानी गर्दा सेयर मुल्य ३१४९ रुपैंयाँ पुगेको छ ।जनउत्थान सामुदायीक लघुवित्तका लगानी कर्ताले पनि ३० रुपैंयाँ कमाउँदा सेयरको मुल्य ६४९ रुपैंयाँ पुगेको छ ।

यी हुन गुमाउने कम्पनी
सिन्धु विकास बैंकका लगानी कर्ताले ४१ रुपैंयाँ गुमाएका छन् । यो कम्पनीको सेयर मुल्य ४९९ रुपैंयामा झरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले पनि ८५ रुपैंयाँ गुमाएका छन् । सूर्या लाइफको सेयर मूल्य ११३५ रुपैँयामा झरेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले १२० रुपैंयाँ गुमाउँदा सेयरको मुल्य घटेर १९८० रुपैँयामा झरेको छ ।

आइएलएफसीओ माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानी कर्ताले पनि ९६ रुपैंयाँ गुमाएका छन् । यो कम्पनीको सेयर मुल्य १७१५ रुपैंयामा झरेको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले ८० रुपैंयाँ गुमाउँदा सेयर मुल्य १५१० मा आइपुगेको छ । स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मुल्य १३६ रुपैंयाँले घटेर २६०७ रुपैंमा झरेको छ ।

प्रोग्रेसिभ फाइनान्सको सेयर मुल्य पनि ९ रुपैंयाँले घटेर १८० रुपैंयमा आइपुगेको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंकका लगानी कर्ताले १७ रुपैंयाँ गुमाउँदा सेयरको मुल्य ३७५ रुपैंयामा झरेको छ । तिनाउ डेभलपमेन्ट बैंकको सेयर मुल्य पनि २६ रुपैंयाले घटेर ५४९ रुपैंयामा आइपुगेको छ ।

Share News