काठमाडौं, ६ असार। अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती हमलामा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । काबुलमा सोमाबार बिहान आतंकवादीहरुले मिनीबसमाथि बम आक्रमण गरेका थिए ।

मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले पुष्टि गरेको छ । घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये पाँच नेपाली र चार अफगान नागरिक छन् ।
अफगान गृह मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीका अनुसार पैदल हिड्दै आएका आत्मघाती हमलाकारीले रोकिएको बसमा बिष्फोट गराएका थिए । आक्रमणकारी समेत सोही विस्फोटमा मारिएका छन् ।