काठमाडौं, ५ असार । अघिल्लो साता निरन्तर बढेको सेयर बजार आइतबार दोहोरो अंकले घट्यो । त्यसमा पनि निरन्तर बढिरहेको इन्स्योरेन्स कम्पनीहरुको परिसूचक एकै पटक १५५ दशमलब शुन्य २ अंकले ओरालो लाग्यो ।
आइतबार नेप्से परिसूचक १० दशमलब ६७ अंकले घटेर १६२२ दशमलब २७ अंकमा झरेको छ । १३७ कम्पनीको १९ लाख ३१ हजार कित्ता सेयर एक अर्ब ६५ करोडमा कारोबार भयो ।

आइतबार बिभिन्न १० वटा कम्पनीको सेयर मुल्यमा भारी गिरावट आयो । गुमाउने मध्ये पाँच वटा त इन्स्योरेन्स कम्पनीका लगानी कर्ता थिए । आइतबार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले १२६ रुपैंयाँ गुमाउन पुगेका छन् भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले प्रति सेयर ९३ रुपैंयाँ गुमाएका छन् ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले पनि ८० रुपैंयाँ नोक्सानी व्यहोरेका छन । नेपाल इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले ६० रुपैंयाँ नोक्सानी व्यहोरेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले पनि प्रति कित्ता एक सय रुपैंयाँ गुमाएका छन् ।
त्यस्तै, महिला सहयात्रा माइक्रो फाइनान्सका वित्तिय संस्थाका लगानी कर्ताले पनि प्रति कित्ता ७५ रुपैंयाँ गुमाएका छन् । अल्पाइन डेभलपमेन्ट बैंकका लगानी कर्ताले ३४ रुपैंयाँ नोक्सानी व्यहोरेका छन् । आइसीएफसी फाइनान्सको सेयर मुल्य प्रति कित्ता १६ रुपैंयाँले घटेको छ । ओम डेभलपमेन्ट बैंकका लगानी कर्ताले २१ रुपैंया नोक्सानी खाएका छन् । युनाइटेड फाइनान्सका लगानी कर्ताले पनि प्रति कित्ता १६ रुपैंयाँ गुमाउन पुगेका छन्