झापाका सडकमा सौर्य बत्ती जडान गर्न १३ करोड, कुन नगरपालिकालाई कति रकम ?

<p>झापा, ३ असार । झापाका सातवटा नगरपालिकालाई सडकमा सौर्य बत्ती जडान गर्न सरकारले १३ करोड सात लाख रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रमका लागि उक्त रकम विनियोजन गरेको हो । सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन गर्न उपप्रधानमन्त्रीस्तरीय बैठकको निर्णयअनुसार रकम बाँडफाँड गरी कार्यान्वयन [&hellip;]</p>

झापा, ३ असार । झापाका सातवटा नगरपालिकालाई सडकमा सौर्य बत्ती जडान गर्न सरकारले १३ करोड सात लाख रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रमका लागि उक्त रकम विनियोजन गरेको हो ।

saurya_battiसौर्य सडक बत्ती कार्यक्रम सञ्चालन गर्न उपप्रधानमन्त्रीस्तरीय बैठकको निर्णयअनुसार रकम बाँडफाँड गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन अनुदान रकमसहितको विवरण कनकाई नगरपालिकालाई पठाइएको पत्रमा उल्लेख छ । कार्यक्रमअन्तर्गत ६५ प्रतिशत रकम सरकारको लगानी, १५ प्रतिशत नगरपालिकाको र २० प्रतिशत स्थानीयवासीको लागतमा सडक सौर्य बत्ती जडानका लागि सरकारले उक्त रकम विनियोजित गरेको उल्लेख छ ।

सदरमुकाम केन्द्रित नगरपालिकालाई भने सरकारले बजेट भाषणमार्फत नै सहरी पूर्वाधार कार्यक्रमका लागि रु नौ अर्ब छुट्याएको छ । जुन बजेट भाषणमार्फत उक्त रकम छुट्टिएको हो । जसमा यो कार्यक्रमका लागि भद्रपुर नगरपालिका परेको छैन । भद्रपुर नगरपालिकालाई बजेट भाषणमार्फत नै सहरी पूर्वाधार कार्यक्रमका लागि आगामी आवका लागि रु ५० करोड विनियोजन गर्ने भनिएको छ ।

झापाका आठवटा नगरपालिकामध्ये सातवटाले मात्रै उक्त रकम पाएका हुन् । झापामा आएको अनुदान रकममध्ये बिर्तामोड नगरपालिकालाई बसैभन्दा बढी रहेको छ ।

कुन नगरपालिकालाई कति रकम ?
नगरपालिका                 रकम
मेची                      –  चार करोड रुपैयाँ
बिर्तामोड              –  चार करोड ६० लाख रुपैयाँ
शनिअर्जुन             – १७ लाख रुपैयाँ
कनकाई               –  ५४ लाख रुपैयाँ
शिवसताक्षी           –  १० लाख रुपैयाँ
दमक                   –  तीन करोड ५० लाख रुपैयाँ
गौरादह                – १६ लाख रुपैयाँ
रासस

Share News