काठमाडौं, २ असार । परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको एसएलसी परिक्षाको परिक्षफल प्रकाशित गरेको छ । यसै वर्षदेखि परिक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।

प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३ दशमलब ६ भन्दा माथि देखी ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ जना उर्तिण भएका छन् ।
यस्तै, ३ दशमलब २ भन्दा माथी देखि ३ दशमलब ६ जीपीएमा ४१ हजार ५ सय ७७ जना उर्तिण भएका छन् । २ दशमलब ८ भन्दा माथी देखि ३ दशमलब २ जीपीएमा ४८ हजार ६ सय ११ जना, २ दशमलब ४ भन्दा माथी देखि २ दशमलब ८ जीपीएमा ६३ हजार १ सय ८१ जना, २ भन्दा माथी देखि २ दशमलब ४ जीपीएमा ९४ हजार ७ सय १६ र १ दशमलब ६ भन्दा माथी देखी २ दशमलब ४ जीपीएमा १ लाख ४ हजार २ सय ७८ जना पास भएका छन् ।
एसएलसी परिक्षामा सामेल भएका मध्ये ३ सय ८३ जनाको परिक्षा रद्ध गरिएको छ भने ३ सय ८० जनाको एक विषयको परिक्षा रद्ध गरिएको छ । परिक्षा नियन्त्रण कार्यलयले दिएको जानकारी अनुसार डि र ई ग्रेड पाउने परिक्षार्थीले बढीमा दुई विषयमा पुनस् परिक्षा दिन पाउने छन् ।
परिक्षा नियन्त्रण कार्यलयले दिएको जानकारी अनुसार डि र ई ग्रेड पाउने परिक्षार्थीले बढीमा दुई विषयमा पुनस् परिक्षा दिन पाउने छन् । ग्रेड वृद्धीका लागि पुनस् परिक्षा साउन २१ गतेदेखि हुनेछ । यसमा नियमित तर्फ १ लाख ८ हजार ३ सय २६ जनाले परिक्षा दिन पाउने छन् ।