काठमाडौं, ३२ जेठ । राजधानीमा चार दिन देखि जारी १०औ इक्यान शैक्षिक मेला सम्पन्न भएको छ । मेलामा १ लाख ५१ हजार जनाले अवलोकन गरेका छन् । शुक्रबारबाट राजधानीको भृकुटिमण्डपमा सुरु भएको १०औँ इक्यान शैक्षिक मेलाको चौथो तथा अन्तिम दिन सोमबार पनि ३७ हजार जनाले अवलोकन गरेका छन् । कम्पनीका अनुसार यसअघि आइतबार ३७ हजार, शनिबार ५२ हजार र पहिलो दिन २५ हजारले मेला अवलोकन गरेका थिए । मेलाको अन्तिम दिन पनि अरु दिनझै बिभिन्न क्षेत्रका व्यक्तित्वहरुले पनि अवलोकन गरेका थिए ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व स्थानिय विकासमन्त्री राजेन्द्र पाण्डे, एमाले सचिव योगेश भट्टराई, एमाले नेता ठाकुर गैरे, सांसदहरु रामहरी खतिवडा, उदयसम्ेशर राणा, अनेरास्ववियूका अध्यक्ष नविना लामा, नेविसंघका नेता जितजंग बस्नेतका साथै विभिन्न क्षेत्रका अन्य व्यक्तित्वहरुले मेला अवलोकन गरेका छन । मेला अवलोकन गर्ने क्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ज्ञान आर्जन गर्न विद्यार्थीहरु संसारको कुनैपनि मुलुक पुगेपनि आफुले आर्जन गरेको ज्ञान र सिप नेपाल नेपालमै खर्च गर्न विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।
यस्तै पूर्व स्थानिय विकास मन्त्री राजेन्द्र पाण्डेले नेपालबाट विद्यार्थी पठाउने मात्रै होइन नेपाल भित्र बिधार्थी भित्र्याउन पनि इक्यानले भुमिका खेल्नुपर्ने बताएका छन् । चार दिन सम्म चलेको उक्त मेलामा करिअर काउन्सिलिङका लागी कोशे ढुङ्गा सावित हुने इक्यानले जनाएको छ । व्यवसायीहरुको व्यवसायीक पवद्र्धन र विद्यार्थीहरु अविभावकले पाउनुपर्ने सुचना एकिकृत ढंगले प्रदान गर्न सफल भएकाले मेलाको उदेश्य पुरा भएको अध्यक्ष प्रकाश पाण्डेले बताए ।
यस्तै यसपटकको सहभागीता आफुहरु उस्ताहित र यसले आगामि दिनमा यसप्रकार थप मेला आयोजना गर्न उर्जा मिलेको मेला आयोजक समितिका संयोजक रमेश वाग्लेले बताए । मेलामा २ सय २५ स्टल र १७ पेविलियन गरि जम्मा २ सय ४२ स्थान बाट परामर्श व्यवसायीहरुले मेलामा सहभागी बिधार्थी तथा अविभावकहरुलाई परामर्श दिएका थिए । यस मेलामा ५० भन्दा बढि गन्तव्यका लागी ८० भन्दा बढि शैक्षिक संस्थाहरु तथा १ सय भन्दा आधिकारिक परामर्श व्यवसायीहरुको सहभागीता रहेको संस्थाले जनाएको छ ।