कृषि विकास बैंकको सेयर संरचना फेरिएकोले नयाँ पुँजी वृद्धि योजना बनाएका हौ-लीलाप्रकाश सिटौला

<p>कृषि विकास बैंकको पुँजी वृद्धि योजना यतिबेला बजारमा चर्चाको विषय बनेको छ । १० अर्ब रुपैयाँ चुक्ता पुँजी भन्दै आएको कृषि विकास बैंकलाई नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन दिएको छ । सरकारले लगानी गरेको ६ अर्ब ४३ करोड अभिमोच्य, असंचिती अग्राधिकार सेयरलाई ‘सेयर पुुँजी’को रुपमा गणना गर्न नमिल्ने निर्णय केन्द्रीय बैंकले गरेपछि कृषि विकास बैंकले [&hellip;]</p>

कृषि विकास बैंकको पुँजी वृद्धि योजना यतिबेला बजारमा चर्चाको विषय बनेको छ । १० अर्ब रुपैयाँ चुक्ता पुँजी भन्दै आएको कृषि विकास बैंकलाई नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन दिएको छ । सरकारले लगानी गरेको ६ अर्ब ४३ करोड अभिमोच्य, असंचिती अग्राधिकार सेयरलाई ‘सेयर पुुँजी’को रुपमा गणना गर्न नमिल्ने निर्णय केन्द्रीय बैंकले गरेपछि कृषि विकास बैंकले पुँजी वृद्धि सम्वन्धि नयाँ योजना पेश गरेको छ । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशकसमेत रहनु भएका र हाल कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलासँग गरिएको विकास वहस यस अंकमा ।

lilaprakash_sitaula_ceo

लीलाप्रकाश सिटौला, प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक लिमिटेड

तपाई प्रमुख कार्यकारी अधिकृत हुनु भएको ढेड वर्ष भयो । यो अवधिमा तपाईको नेतृत्वमा बैंकले के के उपलब्धि हासिल गर्यो ?

सबैभन्दा ठूलो काम जनशक्ति व्यवस्थापनतर्फ भएको छ । विगतमा प्रयास गरिएका तर सफल नभएका, प्रक्रिया अगाडि बढाईएका तर टुंगोको नपुगेका काम यो अवधिमा सम्पन्न भएका छन् । खुला प्रतिस्प्रर्धाबाट जनशक्ति भर्ना गरिएको छ । आन्तरिक प्रतिस्पर्धा गराएर प्रमोशनका काम सम्पन्न भैकेका छन् । हामीले लोकसेवालाई समेत सामेल गराएर निष्पक्ष ढंगबाट कर्मचारी छनौट गरेका छौ । १७७ जना नयाँ कर्मचारीलाई भर्ती गरेर काममा खटाएका हौं । ती सबै प्रतिष्पर्धी र उच्च क्षमतायुक्त छन् । बैंक भित्रका कर्मचारीको आन्तरिक व्यवस्थापन र कन्ट्रोल मेकानिजम पनि बनाइएको छ । एकाउण्टलाई थप व्यवस्थाति गरिएको छ । केन्द्रीय बैंकका नीति नियमहरुको पूर्ण पालना नभैरहेको अवस्था थियो । अहिले धेरै हदसम्म नियम परिपालना गरिएको छ । ट्रेजरी व्यवस्थापन लगायतका कतिपय निर्देशिका, जोखिम व्यवस्थापन, कम्प्लायन्स मेनेजमेन्ट र व्यवसाय विस्तारका सवालमा पनि नयाँ सिद्धान्त अनुसार काम गर्ने प्रक्रिया अघि बढिसकेको छ । अब कृषि विकास बैंक पुरानो शैलीले अहिलेको प्रतिष्पर्धी बजारमा अघि बढ्न सक्दैन भनेर नयाँ सिद्धान्त अघि सारेका छौं । हाम्रा कार्यक्रम र गतिबिधि सिद्धान्तका आधारमा हुनुपर्छ भनेर बृहत, सघन, दिगो र सामाजिक अभिमुखीकरणसहितको बैंकिङको अवधारणा ल्याएका छौं । बैंकलाई संस्थागत ढंगले अघि बढाउने प्रयास गरिएको छ । ४२÷४३ साल देखिका करका सवालहरुको दायित्व पुरा गरेका छौं । कर्मचारीको दीर्घकालिन दाहित्व व्यवस्थापन भएको थिएनन् । त्यसको पनि उचित व्यवस्थापन गरिसकेका छौं ।

व्यवसाय विस्तारका सवालमा दिगो नाफाको प्रत्याभुति गराउने अभियान थालेका छौं । लगानीकर्ताले दिगो ढंगले प्रतिफल पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । गत आव र चालु आवमा पनि बोनस सेयर जारी गरेका छौं । पूूँजी वृद्धि सम्बन्धि नयाँ योजना केन्द्रिय बैंकलाई बुझाईकसेका छौं । दुई बर्षभित्रै केन्द्रिय बैंकले तोकेको पुँजी पुर्याउँछौं ।

पुँजी वृद्धिको योजना, कर चुक्ता, आन्तरिक व्यवस्थापन, कर्मचारी व्यवस्थापन, कन्ट्रोल मेकानिजम, व्यवसाय विस्तार, कर्पाेरेट गभर्नेन्स व्यवस्थापन पनि काम गरिसकेका छौं । यसले बैंकले ठिक ढंगले अघि बढेको भन्ने देखाउँछ ।

नयाँ पुँजी वृद्धिको योजनामा के के छन् ?

पहिले पनि हाम्रो पुँजी केन्द्रिय बैंकले तोके भन्दा बढी नै थियो । पछि केन्द्रिय बैंकले अभिमोच्य अग्राधिकार सेयरलाई चुक्ता पुँजी मानिँदैन भनेपछि हाम्रो करिव साढे ६ अर्ब रुपैंयाँ चुक्ता पुँजीमा गनिएन । त्यसपछि हामीले क्यापिटल प्लान बनाउन सुरु गरेका हौं । यो बर्ष १५ प्रतिशत बोनस सेयर दियौं । यसै वर्ष दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरियो । यसले हाम्रो पुँजी पाँच अर्ब ९० करोड ६४ लाख पुग्छ । बाँकी दुई बर्षमा प्रति वर्ष २०/२० प्रतिशत बोनस सेयर दिन्छौं । यसले दुई वर्षपछि हाम्रो पुँजी आठ अर्ब ५० करोड पुग्छ ।

चालु आर्थिक वर्षभित्रै हकप्रद सेयर जारी गर्ने निर्णय गर्नु भएको छ, त्यो सम्भव छ ?

निर्णय गर्ने भनेको काम गर्ने जस्तै हो । कम्पनी रजिष्टारको कार्यालय, धितोपत्र बोर्ड, नेप्से सबैसँग अनुमति लिनुपर्छ । यी काम गरिसक्ने भएपछि त काम गरे जस्तै हो नि । समय सिमा र अन्य प्राबिधिक काम मात्रै बाँकी हुन्छ ।

जेठको तेस्रो साता विज्ञप्ति निकालेर यहि वर्ष हकप्रद जारी गर्छाै भन्नुभयो, असारमा कसरी सम्भव छ ?

बैधानिक रुपमा लाग्ने समय लाग्छ नै । हामीले निर्णय गरिसकेका छौं । डकुमेन्ट जनताको हातमा कहिले पुग्छ भनेर खोज्ने हो भने केहि समय लाग्छ । चाँडै हकप्रद सेयर जारी हुन्छ ।

हकप्रद सेयर जारी गरेपछि पुँजीको आधार बढि हुन्छ, आगामी वर्षहरुमा २०/२० प्रतिशत बोनस सेयर कसरी दिनुहुन्छ ?

बैंकले हचुवाका भरमा निर्णय गर्दैन । हाम्रा आफ्ना अनुमानका आधारहरु छन् । १५ प्रतिशत बोनस यसपाली दिएर पनि केहि प्रतिशत रकम राखेका छौं । अहिले ४४ करोड जति वितरण योग्य पुँजी छ हामीसँग ।

त्यस बाहेक अरु धेरै मेकानिजम छन् । अर्काे साल सजिलै २० प्रतिशत बोनस सेयर दिन्छौं । त्यसपछि के गर्ने भन्ने सवाल आउँछ । हामी आरामले २० प्रतिशत बोनस दिन सक्छौं । हाम्रो क्यापिटल प्लान भनेको नाफा कमाउने योजनामा आधारित पनि छ । कति कमाउँछौं र कति बाढ्छौं भन्ने दृष्टिकोणबाट पुँजी वृद्धि योजना ल्याएका हौं ।

यो बैंकको नाफा कम छैन । बैशाखसम्म एक अर्ब ९९ करोड रुपैयाँ नाफा कमाएका थियौं । असार मसान्तसम्ममा तीन अर्ब ४ करोड पुर्याउनु पर्नेछ । गत वर्षको यहि अवधिमा एक अर्ब ८० करोेड नाफा थियो । दुई अर्ब ८१ करोडको लक्ष्य बनाएका थियौं गत बर्ष । यस बर्ष ३ अर्ब ४ करोडको नाफा कमाउने लक्ष्य छ । अहिलेसम्म एक अर्ब ९९ करोड नाफा कमाई सकिएको छ । गत वर्ष र यस वर्षको नाफा हेरेर आगामी वर्षको नाफाको नाफाको लेखाजोखा राम्रोसँग गरिएको छ ।

यसलाई आधार मान्ने हो भने २० प्रतिशत भन्दा बढि बोनस दिन सक्ने देखिन्छ । अर्काे आर्थिक वर्षमा नाफा घट्यो भने पनि बोनस बाँढ्न समस्या हुन्न । अर्काे बर्षको टार्गेट निश्चित जस्तै छ । १८ प्रतिशत कर्जा लगानी बढाउँछौं, १५ प्रतिशत निक्षेप बढाउँछौं । त्यसका आधारमा अर्काे बर्षको नाफा कमाउने योजना प्रष्टै देखिन्छ ।

केन्द्रिय बैंकले कम्तिमा ८ अर्ब रुपैयाँ बनाउँन सबै वाणिज्य बैंकलाई निर्देशन दियो । तर कृषि विकास बैंकको चुक्ता पुँजी १० अर्ब पुँजी छ भनेर त्यतिबेला योजना पेश नै गरेन । अहिले फेरी कुरा मिलेन, किन ?

हाम्रो पुँजी १० अर्ब नै हो । सरकारले लगाएको पैसा चुक्ता पुँजी नै हो । पछि केन्द्रिय बैंकले सरकारले लगानी गरेको पैसा नभएर जनताले नै हालेको पैसा चाहियो भन्यो । केन्द्रिय बैंकले वित्तीय व्यवस्थालाई ठिक गर्नका लागि पुँजीको कम्पोनेन्ट तोक्यो । हामी पुँजी बढाउन सक्ने अवस्थामा थियौं । त्यसैले केन्द्रीय बैंकमा लबिङ गर्न गएनौं । राष्ट्र बैंकले भनेअनुसार पुँजी वृद्धि योजना पेश गरेका छौं ।

बैकको पछिल्लो वित्तीय रिपोर्टमा १० अर्ब चुक्ता पुँजी भनिएको छ, दुई वर्षपछि कति पुग्छ ?

तेश्रो त्रैमासिक रिपोर्ट प्रकाशित गर्दासम्ममा बैंकको प्रबन्ध पत्र र नियमावली यथावत छ । अब यो परिवर्तन हुन्छ । त्यसपछि हाम्रो पुँजीको संरचना पनि परिवर्तन हुन्छ । र बैंकको सेयर पुँजी ३ अर्ब ९३ करोड मात्र हुन्छ । त्यसैले ५० प्रतिशत हकप्रद सेयर पाउँछ । बोनस सेयर पनि त्यसले मात्र पाउँछ ।

अभिमोच्य, असंचिती र अग्राधिकार सेयर भनेको के हो ?

lilaprakash

नन कन्भर्टिबल, रिडिङ गर्न नसकिने र अग्राधिकार सेयर भनेर बुझ्नु पर्छ । सामान्यतया यस्तो सेयर कन्भर्ट गर्न सकिन्न । यो रिडिङ पनि हुँदैन । यसले बोनस र लाभांशमा जहिले पनि अरु भन्दा पहिले अधिकार पाउँछ । यसको रिटर्न फिक्स हुन्छ । यस्ता लगानी कर्ताले ६ प्रतिशत बोनस वा लाभांश पाउँछन् । अग्राधिकार सेयर भनेको अरुले नपाउने अवस्थामा पनि फिक्स लाभांश पाउने सेयर हो । त्यो पनि अरु भन्दा पहिले नै पाउँछ ।

साधारण सेयर तीन अर्ब ९३ करोडमा सरकारको ५१ प्रतिशत हो ? यसले कति लाभांश पाउँछ ?

अग्राधिकार सेयर भएकाले ६ प्रतिशत मात्रै बोनस पाउँछ । जनताको सेयरले भने हामीले बाडेको जति नै लाभांश पाउँछन् । हामीसँग डिबेञ्चर पनि छ । त्यसको फिर्ता गर्नु पर्ने निश्चित अवधि हुन्छ । त्यसको पैसा पनि हामी फिर्ता गर्दैछौं ।

यस्तो द्वैध प्रकारको सेयरको आवश्यकता किन परेको हो ?

कम्पनीका आफ्नै आवश्यकताहरु हुन्छन् । कम्पनीले क्यापिटल प्लान बनाउँदा बजारमा कस्ता कस्ता पुँजी छन् भन्ने अध्ययन गरेर बनाउँछन् । पहिले हाम्रो पुँजी योजना केन्द्रिय बैंकले तोके अनुसार थिएन् । त्यतिबेला एसियाली विकास बैंकले तोकेको मापदण्ड पुर्याउन प्रिफरेन्स सेयर सरकारले दिएको हो । यो रिडिङ चैं हुँदैन तर तिमी नचलाई राख्न पाउँछौं भनेर दिएको पैसा हो । यसले नाफा हुने वित्तिकै निरन्तर फाइदा पाइन्छ भनेर यस्तो लगानी अघि सारिएको हो । सामान्य ढंगले चल्ने संस्थाका लागि यस्तो पुँँजी ठिक हुन्छ भनेर ल्याइएको हो ।

बैंकको व्यवासायीक योजना के के छन ?
व्यवसायिक योजना भनेको इण्डष्ट्रीलाई हेरेर बनाईन्छ । डिपोजिट बढाउने, निष्क्रिय कर्जा घटाउने, ब्याज आम्दानी बढाउने, ब्याज खर्च घटाउने, नाफा बढाउने योजना छन् । पाँच वर्षे व्यवसायीक योजना बनाएका छौं । त्यसका आधारमा बार्षिक योजना बनाउँछौं ।

Share News