चिनियाँ जहाजका पाइलटको काटिएको सेवासुविधा फिर्ता

<p>काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सञ्चालक समितिले चिनियाँ जहाजका पाइटलको कटौती गरेको भत्ता फिर्ता गर्ने भएको छ । गत शुक्रबार बसेको समितिको बैठकले यसअघि भएको उक्त निर्णय रद्द गर्दै पूरा तलव दिने भएको हो । गत माघ २५ गते बसेको निगम सञ्चालक समितिको बैठकले चिनियाँ जहाज ग्राउण्डेड भएको भन्दै कार्यरत स्थाई पाइलटको सेवासुविधा कटौती गर्ने [&hellip;]</p>

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सञ्चालक समितिले चिनियाँ जहाजका पाइटलको कटौती गरेको भत्ता फिर्ता गर्ने भएको छ । गत शुक्रबार बसेको समितिको बैठकले यसअघि भएको उक्त निर्णय रद्द गर्दै पूरा तलव दिने भएको हो ।

गत माघ २५ गते बसेको निगम सञ्चालक समितिको बैठकले चिनियाँ जहाज ग्राउण्डेड भएको भन्दै कार्यरत स्थाई पाइलटको सेवासुविधा कटौती गर्ने निर्णय गरेको थियो । माघ मसान्तबाट निगमले कार्यरत पाइलटको ७५ प्रतिशत सम्म तलव कटौली गरेको थियो । यस्तै जहाज ग्राउण्डेड भएको समयदेखि पुस मसान्तसम्म दिएको सेवासुविधा समेत कटौती गर्ने निर्णय गरेको थियो ।

पूराना सबै निर्णय फिर्ता गर्दै शुक्रबारको बैठकले माघबाट काटिएको सबै सेवासुविधा फिर्ता गरी नियमअनुसारको सेवासुविधा दिने निर्णय गरेको हो ।

न्यूनतम ४५ घन्टा बराबरको सेवासुविधा पाउँनुपर्ने भन्दै कार्यरत पाइलटले विरोध गरेका थिए । निगम सञ्चालकको उक्त निर्णय अमान्य भन्दै कर्मचारी युनियले विज्ञप्ती नै जारी गर्दै विरोध समेत गरेको थियो ।

नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा शर्त सम्बन्धी विनियमावली २०५८ मा ४५ घण्टाको उडान भत्ता ग्यारेन्टी गरिएको छ । विनियमावली विपरित निगम सञ्चालक समितिले भत्ता कटौती गर्ने निर्णय गरेको थियो ।

निगमको उक्त निर्णयबाट वाई–१२ ई का पाइलटले मासिक २० हजार र एमए–६० का पाइलटले २४ हजार बराबरको तलव पाएका थिए ।

निगम सञ्चालक समितिले ६ थान चिनियाँ जहाजबाट सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै गत साउन १५ गतेबाट चिनियाँ जहाज ग्राउण्डेड (उडान बन्द) गरिसकेको छ ।

Share News