पूर्वाधार विकासका क्षेत्रमा दखल भएकालाई निफ्राले जारी गर्यो यस्तो सूचना

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले पूर्वाधार विकासका क्षेत्रमा दखल भएका व्यक्ति वा संस्थाहरुलाई &#8216;आईएनएफआरए एक्सिलेन्स सेन्टर&#8217;मा सूचीकृत हुन सूचना जारी गरेको छ । सो सम्बन्धी कम्पनीले चैत ४ गते एक सूचना जारी गरेको हो । कम्पनीले विभिन्न उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा कार्यरत व्यक्ति वा संस्थालाई उक्त सेन्टरमा [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले पूर्वाधार विकासका क्षेत्रमा दखल भएका व्यक्ति वा संस्थाहरुलाई ‘आईएनएफआरए एक्सिलेन्स सेन्टर’मा सूचीकृत हुन सूचना जारी गरेको छ । सो सम्बन्धी कम्पनीले चैत ४ गते एक सूचना जारी गरेको हो ।

कम्पनीले विभिन्न उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा कार्यरत व्यक्ति वा संस्थालाई उक्त सेन्टरमा सूचीकृत हुन सूचनामार्फत जानकारी गराएको हो ।

जसमा सूचीकृत हुन योग्यता पुगेकाले अबको एक महिनाभित्रै आवेदन दिन सक्ने छन् । इच्छुकले आगामी वैशाख ३ गतेसम्म आवेदन दिन पाउने छन् ।

यो प्रकृया मार्फत सूचीकृत हुन सफल हुने व्यक्ति एवं संस्थाहरुलाई बैंकले आवश्यकता बमोजिम अल्पकालीन एवं दीर्घकालिन रुपमा पूर्वाधारका परियोजनाहरुको पहिचानदेखि निर्माण एवं संचालनसम्मका विभिन्न चरणमा विज्ञको रुपमा एवं पूर्वाधार विकासमा विश्वका सफल अभ्यासहरुलाई अंगिकार गर्न आवश्यक हुने नीति, नियम तर्जूमाका लागि सहभागी गराउने निफ्राले बताएको छ ।

Share News