काठमाडौं । नागरिक लगानी कोषले कार्यरत कर्मचारीमध्ये उत्कृष्ट काम गर्ने तीन कर्मचारीलाई सम्मान गरेको छ । काेषले ३१औं वार्षिकोत्सवको अवसरमा चैत ४ गते आयोजना गरेकाे एक कार्यक्रममा वर्षभरिमा उत्कृष्ट काम गर्ने तीन जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको हो ।
कोषले सहायक स्तरबाट दुई जना र अधिकृत स्तरबाट एक जना गरी तीन जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको हो । वर्षभरिमा उत्कृष्ट काम गर्ने प्रविन राई, मनमोहन मिश्र र सिरिषा श्रेष्ठ सम्मानपत्र र उत्कृष्ट कर्मचारी पुरस्कारसहित सम्मानित भएका हुन् ।
जसमध्ये अधिकृत स्तरका कर्मचारीबाट सम्मानित भएका कर्मचारी हुन्, आठौं तहका उपनिर्देशक प्रविन राई प्रविन राई ।
उनले नागरिक लगानी कोषको सफ्ट्वेयर इम्प्लिीमेन्टेसन (कार्यान्वयन) मा धेरै ठूलो योगदान गरेका थिए ।

सम्मानित कर्मचारीः प्रविन राई
त्यसैगरी, कोषले ल्याएको कर्मचारी बचत वृद्धि अबकास कोषको कार्यक्रममा उनले धेरै ठूलो योगदान गरेकाले अधिकृतमध्येबाट राईलाई पुरष्कृत गरिएको कार्यकारी निर्देशक रमण नेपालले बताए ।

सम्मानित कर्मचारीः मनमोहन मिश्र
त्यस्तै, सहकाय कर्मचारीमध्ये दुई जना सम्मानित भएकोमा एक हुन्ः पाचौं तहका वरिष्ठ कम्प्यूटर सहायक मनमोहन मिश्र ।
उनले लकडाउनको समयमा बीमा सम्बन्धी धेरै सफ्ट्वेरको काम गरेकाले उनलाई सहायकस्तरबाट सम्मानित गरिएको कार्यकारी निर्देशक नेपालले बताए ।
त्यस्तै, सहायक कर्मचारीमध्ये नै पुरस्कृत भएकी अर्की कर्मचारी हुन्, तेश्रो तहका सहायक सिरिषा श्रेष्ठ ।

सम्मानित कर्मचारीः सिरिषा श्रेष्ठ
प्रत्यक्ष रुपमा सहभागीहरुलाई सेवा पुर्याउने काममा उत्कृष्ट योगदान पुर्याएको मुल्याङ्कन गरी श्रेष्ठलाई पुरस्कृत गरिएको कार्यकारी निर्देशक नेपालले बताए ।
त्यस्तै, सम्मानित कर्मचारीलाई बधाई दिँदै कार्यकारी निर्देशक नेपालले सम्मानित तीन कर्मचारी मात्र नभई कोषमा कार्यरत सबै कर्मचारीको उत्तिकै योगदान रहेको बताए ।
‘कोषलाई यो अवस्थामा पुर्याउने सबैको योगदान उत्तिकै र धेरै नै महत्वपूर्ण रहेको छ । यो वर्ष विभिन्न मापदण्डले गर्दा तीन जनामात्रै कर्मचारीलाई पुरस्कृत गरिएको हो ।’, कार्यकारी निर्देशक नेपालले बताए ।

दीर्घसेवा पाएकी रिता खरेल
त्यस्तै, कोषले लामो समय कार्यरत रहेका एक कर्मचारी रिता खरेललाई दीर्घसेवा पदक र सम्मानपत्र प्रदान गरेको छ । उनले लामो समय अर्थात २० वर्ष कोषमा कार्यरत रही दीर्घसेवा प्राप्त गरेकी हुन् ।
त्यसैगर, कोषले वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरेको थियो भने कोष कर्मचारी युनियनले आयोजना गरेको खेलुकुद लगायतका कार्यक्रमका बिजयीलाई पुरस्कृत गरेको थियो ।
थप समाचारः