सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त, को हुन् उनी ?

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले शर्मालाई बुधबार बैंकको सीईओमा नियुक्त गरेको हो । यसअघि माछापुच्छ्रे  बैंकको सीईओका रुपमा काम गरिसकेका शर्माले बुधबार नै सनराइज बैंकको सीईओका रुपमा कार्यभार सम्हालेका हुन् । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि नियुक्त गरेकाे हाे । [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले शर्मालाई बुधबार बैंकको सीईओमा नियुक्त गरेको हो ।

यसअघि माछापुच्छ्रे  बैंकको सीईओका रुपमा काम गरिसकेका शर्माले बुधबार नै सनराइज बैंकको सीईओका रुपमा कार्यभार सम्हालेका हुन् । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि नियुक्त गरेकाे हाे ।

बैंकका निवर्तमान सीईओ जनक शर्मा पौडेलले मंगलबार दिएको राजीनामा स्वीकृत भएलगत्तै उनी बैंकका सीईओका रुपमा भित्रिएका हुन् । पौडेलको सञ्चालकसँगको लफडाका कारण पौडेलले मंगलबार राजीनामा दिएकाे बुझिएकाे छ ।

शर्मासँग यसअघि ग्लोबल आईएमइ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक लगायतका संस्थामा काम गरेको अनुभव छ । बैंक वित्तीय क्षेत्रमा २२ वर्षभन्दा बढी अनुभव भएका शर्मा कुशल व्यवस्थापकका रुपमा मात्र हाेइन कर्जा व्यवस्थापन तथा  जोखिम व्यवस्थापनमा उच्च ज्ञान भएका बैंकरका रुपमा परिचित छन् ।

एमबिएको गोल्डमेडलिस्ट समेत रहेका शर्मा नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका छन् भने  उनले अर्थशास्त्र  र भौतिकशास्त्र विषयमा स्नातकोत्तर पनि हासिल गरेका छन् ।

Share News