आइएमई समुहद्वारा अशोक लेलैण्डको गाडी औपचारिक कारोबार शुरु, नेपालमै गाडी उत्पादन गर्ने घोषणा

<p>काठमाडौं, ४ जेठ । आइएमई समुह अन्तर्गतको एलटी इन्टरप्राइजेजले राजधानीको नयाँ बसपार्कमा अशोक लेलैण्डको अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ३५ हजार वर्गफिट क्षेत्रमा अवस्थीत सर्भिस सेन्टरकोे उद्घाटन आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल, कार्यकारी निर्देशक हेमराज ढकालका साथै अशोक लेलैण्डका प्रबन्ध निर्देशक विनोद के. देसारी, अशोक लेलैण्डकै प्रेसिडेन्ट—ग्लोबल सेल्स् तथा डिस्ट्रिब्यूशनका [&hellip;]</p>

काठमाडौं, ४ जेठ । आइएमई समुह अन्तर्गतको एलटी इन्टरप्राइजेजले राजधानीको नयाँ बसपार्कमा अशोक लेलैण्डको अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ३५ हजार वर्गफिट क्षेत्रमा अवस्थीत सर्भिस सेन्टरकोे उद्घाटन आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल, कार्यकारी निर्देशक हेमराज ढकालका साथै अशोक लेलैण्डका प्रबन्ध निर्देशक विनोद के. देसारी, अशोक लेलैण्डकै प्रेसिडेन्ट—ग्लोबल सेल्स् तथा डिस्ट्रिब्यूशनका राजीव सहारियाले संयुक्त रुपमा गरेका छन् ।

ashok-layland

आइएमईका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले अशोक लेलैण्डले उत्पादन गर्ने सबै प्रकारका गाडीहरुको एक मात्र डिस्ट्रिब्युटरको रुपमा कार्य गर्न पाउँदा आफुलाई गर्ब महसुस भएको र सँगै गम्भिर दायित्व बोध भएको बताए । यस्तै सुविधा सम्पन्न वर्कशपहरु देशका अन्य प्रमुख शहरहरुमा पनि चाडै सुरुवात गर्ने उनले बताए ।

प्रमुख अतिथि विनोद के. देसारीेले अशोक लेलैण्ड नेपालमा गाडी बिक्री गर्न मात्र नआएको बताउँदै नेपालमा नै गाडी बनाउने, रोजगारी सिर्जना गर्ने, लगानीको माध्यमबाट नेपालको आर्थिक विकासमा सहयोग गर्न आएको बताए । ‘हामी निकट भविष्यमा नेपालमा फ्याक्टी खोल्ने छौं’ उनले भने–‘हाम्रो साझेदार आईएमई ग्रुपले निकट भविष्यमा नेपालबाट गाडी निर्यात गर्न सक्नेछ ।’ शुरुमा गाडीको बढी बनाउने, त्यसपछि क्रमश चेसिस, इन्जिन बनाउदै जाने उनले बताए ।

सन् १९४८ मा स्थापना भएको अशोक लेलैण्ड अहिलेसम्म हरेक वर्ष नाफामा सञ्चालन हुँदै आएको र निरन्तर नाफामा चल्ने विश्वको एक मात्र कम्पनी भएको बताउँदै उनले भने–‘हामी हाम्रा ग्राहक, बिक्रेता, च्यालन पार्टर सबैलाई फाइदा हुने मोडरमा काम गर्छौ र दीर्घकालिन रुपमा साझेदारी गर्न चाहान्छौं ।’

bikashnews.com

भारतस्थित अशोक लेलैण्डले नेपालको लागि एक मात्र अधिकृत विक्रेताको रुपमा आईएमई ग्रुप अन्तगर्तको एलटी इन्टरप्राइजेजलाई नियुक्त गरेदेखि आईएमई समुहको यस कम्पनीले मात्र अशोक लेलैण्डको गाडीहरु आयात गर्ने तथा बिक्री वितरणकासाथै सर्भिस र स्पेयर्सको व्यवस्था गर्दै आएकोे छ । साथै नेपालभर रहेका आफ्ना सर्भिस सेन्टरहरु तथा अथोराइज्ड सर्भिस सेन्टर र स्पेयर पार्टस आउटलेट मार्फत सर्व–सुलभ रुपमा बिक्रीपछिको सेवा उपलब्ध गराएको छ । अशोक लेलैण्ड भारतकै सबै भन्दा ठूलो बस उत्पादन गर्ने कम्पनी रहेको छ । साथै, अशोक लेलैण्डले १.५ टन क्षमताको साना पिकअप, सात सिट क्षमताको एम पिभीदेखि लिएर ४९ टन क्षमतासम्मका ठूला टे«क्टर–टे«लरहरु र ५०÷६० सिट क्षमताका बसहरु, ट्रिपर ट्रकहरु निर्माण गरी विश्वभर बिक्री गर्ने गर्दछ ।

सोही कार्यक्रममा एलटी इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैण्डका सबै उत्पादनहरु गुणस्तरीय भएको र अशोक लेलेलैण्ड उत्पादन गर्ने धेरै प्रकारका गाडीहरु मध्ये नेपालको बाटो सुहाउदो करिब ५५ प्रकारका गाडीहरु नेपालमा आयात गरि बिक्री बितरण गरिरहेको जानकारी दिए ।

उनका अनुसार निकट भबिष्यमा काठमाण्डौमा नै अर्को सुविधा सम्पन्न वर्कशप खोल्ने तयारी भएको छ । कम्पनीले हालसम्म नेपालका बिर्तामोड, इटहरी, बीरगञ्ज, हेटौडा, नारायणघाट, नौबिसे, दाङ्गमा सर्भिस सेन्टरहरु सञ्चालनमा आईसकेका बताए । अबको ६ महिना देखि १ बर्षको अन्तरालमा बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, बनेपा, बर्दिबासमाअत्याधुनिक सर्भिस सेन्टरहरु सञ्चालन भईसक्ने जानकारी दिए ।

उनका अनुसार आर्ईएमई समुहले डिस्ट्रिब्युटरसिप लिई सकेपछि अशोक लेलैण्ड करिब ५५० थान गाडीहरु बिक्री भएका छन् । नेपालमा खास गरि सानो पिकअपमा म्यकत धेरै लोकप्रिय रहेको तथा ठूला बसहरुमा तेलको बचत र कम मेन्टेनेन्सको कारण चिताह ३५ सिटको बस बढि रुचाईएको छ । त्यसै गरि शिवाकोटीका अनुसार अशोक लेलैण्डले उत्पादनगर्ने लिङ्कस बस , १२ चक्के ट्रक, १४ चक्के ट्रक तथा १० चक्के यु ट्रिपर बढी मनराईएको छ ।

सन् २००१ मा स्थापना भएको आइएमई ग्रुप नेपालको अग्रणी संस्था हो जसको रेमिटेन्स, बैंकिङ्ग तथा इन्स्योरेन्स, अटोमोबाइल्स्, इनर्जी (हाइडेल, अद्यौगिक ग्यास), ट्राभल–टुर्स्, लजिस्टिक्स्, फर्मास्युटिकल्स्, आइटी तथा रियल इस्टेट् लगायत विकासोन्मुख क्षेत्रहरुमा लगानी गर्दै आएको छ ।

Share News