साङयोङ मोटर्सको आधिकारिक वितरक आइएमएस मोटर्स् , मोवाइल व्यापारको सफलता पछि अटोमोवाईल व्यापार शुरु 

<p>काठमाडौं, २९ बैशाख । आइएमएस ग्रुप कोरियाको चर्चित अटोमोबाइल कम्पनी साङयोङ मोटर्सको नेपालका लागि आधिकारिक वितरक बनेको छ । आइएमएस मोटर्सले आज लाजिम्पाट उत्तरढोका साङयोङ नयाँ शो रुम खोल्नुको साथै नयाँ लक्जरी कोरियन ब्राण्ड साङयोङका गाडीहरु समेत बिक्री शुरु गरेको छ । उक्त कार्यक्रमको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा तथा आइएमएस मोटर्सका प्रमुख कार्यकारी [&hellip;]</p>

काठमाडौं, २९ बैशाख । आइएमएस ग्रुप कोरियाको चर्चित अटोमोबाइल कम्पनी साङयोङ मोटर्सको नेपालका लागि आधिकारिक वितरक बनेको छ । आइएमएस मोटर्सले आज लाजिम्पाट उत्तरढोका साङयोङ नयाँ शो रुम खोल्नुको साथै नयाँ लक्जरी कोरियन ब्राण्ड साङयोङका गाडीहरु समेत बिक्री शुरु गरेको छ । उक्त कार्यक्रमको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा तथा आइएमएस मोटर्सका प्रमुख कार्यकारी अधिकृत डिकेश मल्होत्राले गरेका छन् ।

dikesh_malotra

कम्पनीले नयाँ शोरुपमा शोरुमले टिभोली, कोराण्डो, रेक्टोन, क्यारोन, र एक्टयोन नामका लक्जरी कार तथा एसयूभीका मोडलहरु बिक्रीमा राखेको छ । हरेक मोडलमा एवीएस तथा इबीडी स्टिम, अल्ट्रा हाई स्ट्रेन्थ् स्टिलबाट बनेको बडी फ्रेम लगायतका सुविधा छन् ।tivoliटिभोलीको बढी बुटस्पेश, डुअल अटोमेटिक ए.सी., एक्टिभ एडब्लुडी, आकर्षक डे–टाइम रनिङ्ग लाइट सुविधा छ । यसको मूल्य ५३ लाख ७५ हजार रुपैयाँ राखिएको छ । 

korando
त्यस्तै कोराल्डोमा ब्लुटुथ कनेक्टिभिटी, सात जनाको सिटिङ्गस्पेश, प्रिमियम लेदर इन्टिरियर, ३ ड्राइभरको सिट मेमोरी लगायत सुविधा छ । यसको मूल्य ७५ लाख २५ हजार रुपैयाँ राखिएको छ ।

kyrton

रेक्टोन गाडीमा आकर्षक एचआईडी हेड ल्याम्प्स्, फ्रन्ट् डुअल एयरब्याग सुविधा छ । यसको मूल्य ९९ लाख ७५ हजार रुपैयाँ राखिएको छ ।

Actyon

नयाँ स्पोर्ट डिजाइनमा आरामदायी इन्टीरियर, झनै उत्कृष्ट सुरक्षा दिने एक्टयोन स्पोर्टस् गाडीको मूल्य ५५ लाख रुपैयाँ तोकिएको छ ।

साङयोङका विभिन्न स्थानहरुमा दुई आधिकारिक सर्भिस सेन्टरहरु खोलेको छ । त्यसमा अटो होम प्रा. लि., यूएन पार्क, ललितपुर र अटो भिलेज प्रा. लि.रातोपुल, काठमाडौं रहेका छन् । आइएमएस मोटर्स्ले साङयोङको गाडी खरिद गर्नुहुने पहिलो १४ “विशेष” ग्राहकहरुका लागि स्त्र्mयाच् कुपन मार्पmत विशेष उपहारको पनि योजना राखेको उनले बताए । उक्त आकषर्क उपहारहरु बजाज पल्सर एनएस २००, सामसुङ एस७ एड्ज, सामुसुङ टीभी ४० इन्च तथा वासिङ्ग मेशिनरहेका छन् ।

साङयोङका गाडी नेपाली बजारमा धेरै वर्ष पहिले भित्रेको हुन् । तर हालसम्म करिव ५०० अटा गाडी मात्र गुडिरहेको छन् । आफूले यो मोटरको बजारीकरण र बिक्री पछिको सेवामा विशेष जोड दिने केही वर्षभित्रै नेपालको अटोमोवाईल क्षेत्रमा उल्लेख्य उपस्थिति जनाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिकेश मलोत्राले बताए ।

bikashenws.com

मोवाईल बजारमा नम्वर वान पोजिशनमा रहेको आईएमएसले अटोमोवाईल बजारमा पनि राम्रो स्थान लिन सकिने विश्वास लिएको ग्रुपका अध्यक्ष दीपक मलोत्राले बताए । अटोमोबाइल क्षेत्र एउटा प्रगतिशील उद्योग हो जहाँ नियमित रुपमा प्रोडक्ट इन्नोभेशन तथा टेक्नोलोजीमा उन्नती भइरहन्छ । यस्ता उद्योगहरुको ध्यानाकर्षण आजभोली विकासोन्मुख बजारहरुमा आएको छ । नेपाल पनि डिस्पोजेबल इन्कम तथा जीवनशैलीमा उन्नती हुँदै आएको एक उदाउँदो बजार प्रमाणित भइसकेको छ । नेपालको यहि बजारलाई सम्बोधन गर्ने लक्ष्य लिई आइएमएस ग्रुपले आइएमएस मोटर्स्को स्थापना गरेर अगाडि बढेको उनले बताए ।

Share News