
काठमाडाैं । हायर मी नेपालले आज (असाेज १ गते)बाट मोबाईल एप औपचारीक रूपमा लन्च गरेको छ। व्यक्तिगत प्रयोगकर्तालाई विज्ञापनहरू हेर्न, कम्पनीमा सम्पर्क गर्न, सम्पर्क पछि अन्तरवार्ता गर्न तथा जब निर्धारण गर्न धेरै सजिलो हाेस् भन्ने उद्देश्यले संस्थाले उक्त एप लन्च गरी सञ्चालनमा ल्याएकाे हाे ।
जसकाे लागि उनीहरूले पहिले गुगल प्ले स्टोरबाट डाउनलोड गर्नुपर्ने हुन्छ । रोजगारदाता र रोजगारी खोज्नेलाई एउटै प्लेटफर्ममा सम्पर्क गराउने उद्देश्यले गत साउन १ गतेबाट हायरमी नेपालको अनलाईन बेबसाईट प्रारम्भ भएको थियो । दुई महिनाको अवधिमा रोजगारी दिने कम्पनी तथा रोजगारी खोज्ने व्यक्तिहरूबाट रजिष्ट्रेशनमा राम्रो रेस्पोन्स आएको संस्थाले जनाएकाे छ ।
रोजगारी खोज्नेहरूको लागि यो पोर्टलमा २४ किसिमको च्वाईस हुनेछ । चाहेको क्षेत्रमा रजिष्ट्रर्ड हुन सक्नेछन् । विभिन्न पत्र-पत्रिकामा प्रकाशित विज्ञापन हेर्न सक्नेछन् । कम्पनीहरूले सोझै राखेको विज्ञापनमा निवेदन दिन सक्नेछन् । क्षेत्र अनुसार कम्पनीहरूले उम्मेद्वारलाई सोझै सम्पर्क गर्न सक्नेछन् । अन्तरवार्ता लिन सक्ने सुविधा पनि उपलब्ध रहेको छ ।
कम्पनीका अनुसार अब छिट्टै जनशक्ति व्यवस्थापन तथा उम्मेद्वारले दिने अन्तरवार्तामा दक्ष बनाउने गरी आवश्यकता टिप्स र सामाग्री यसैबाट हेर्न सकिने गरी उपलब्ध गराइनेछ । यो डिजिटल प्लेटफर्म र एप निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ । कम्पनीले अबको दुई वर्षमा पाँच लाख व्यक्ति र कम्पनीलाई रजिष्टर्ड गर्न लगाई पचास हजारलाई रोजगारीको सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
सम्बन्धित समाचारः
रोजगारी दिने ‘हायर मी नेपाल’को साइट सञ्चालनमा, सित्तैमा रजिष्टर्ड गराउन सकिने
५० हजारलाई रोजगारी दिने कार्यक्रम गर्दै हायर मी नेपाल, साउनबाट सञ्चालन हुने