पनामा पेपर्समा १३ जना नेपाली र १० कम्पनीको नाम सार्वजनिक, चर्चित अनुहार कम, नयाँ अनुहार बढी

<p>काठमाडौं, २५ चैत । विश्व हल्लाउने गरी सार्वजनिक भएको पनामा पेपर्स रिपोर्टमा नेपालमा दर्ता भएका १० कम्पनीको नाम र १३ जना सञ्चालकको नाम उल्लेख गरिएको छ । विश्वका शक्तिशाली व्यक्तिहरुले आफै, आफन्त वा साथीहरुको नाममा कम्पनी खोली कर छल्दै व्यवसाय गर्नेहरु चोरबाटो प्रयोग गर्ने अन्तराष्ट्रिय सञ्जाललमा नेपालका १० कम्पनी र १३ जना नेपालीको नाम उल्लेख [&hellip;]</p>

काठमाडौं, २५ चैत । विश्व हल्लाउने गरी सार्वजनिक भएको पनामा पेपर्स रिपोर्टमा नेपालमा दर्ता भएका १० कम्पनीको नाम र १३ जना सञ्चालकको नाम उल्लेख गरिएको छ । विश्वका शक्तिशाली व्यक्तिहरुले आफै, आफन्त वा साथीहरुको नाममा कम्पनी खोली कर छल्दै व्यवसाय गर्नेहरु चोरबाटो प्रयोग गर्ने अन्तराष्ट्रिय सञ्जाललमा नेपालका १० कम्पनी र १३ जना नेपालीको नाम उल्लेख छ ।

panama_nepali

त्यसमा चर्चित अनुहार कम छन् भने नयाँ अनुहार बढी देखिएका छन् । नेपाली सञ्चार माध्यममा आए झै अजय सुमाग्री र उनका कम्पनी, एनसेल र यसमा लगानी गर्ने कम्पनी, विशाल ग्रुप वा राजेन्द्र खेतान पछिल्लो समयमा विवादमा परेका कम्पनी वा व्यक्तिहरु उक्त सूचिमा परेको छैन ।

पनामा पेपर्समा उल्लेख भएअनुसार कर छलि गर्ने उदेश्यले ट्याक्स हेभन क्षेत्रमा कम्पनी दर्ता गरी कारोबार गर्दै आउनेमा शशिकान्त अग्रवाल, विजेन्द्र जोशी, विजेश कुमार तोदी अग्रवाल, विमलकाजी ताम्राकार, विन श्रेष्ठ, विश्व बरसिंर थापा, विश्वधर तुलाधर, मच श्यामसुन्दर कर्माचार्य, हरिश कुमार तोदी, प्रोफेसर सत्येन्द्र कुमार तोदी, राजेन्द्र कुमार काब्रा, रेनुका प्रधान, रेखा काब्रा रहेका छन् ।
bikashnews.com

आईसीआईजेका अनुसार चर्चित व्यवसायी शशिकान्त अग्रवालले पुँजी पलायत गरी कर चल्ने काम गरेका छन् । उनले मल्टी लिङ ट्रेड लिमिटेडको नाममा विदेशमा यास्तो काम गरेका छन् । यो कम्पनी २६ अगष्ट २००३ मा दर्ता भएको हो । कम्पनीको कार्यलय शिवकुञ्ज, बत्तिसपुतलि, काठमाडौं रहेको छ । अग्रवालले सोही स्थानबाट नेपाली कम्पनीहरु पनि सञ्चालन गर्दै आएका छन् ।

बिजेन्द्र जोशी अर्को चर्चित नाम हो । उनी बैंकर्स सशीन जोशीमा भाई हुन् । बिजेन्द्र वल्ड डिष्ट्रीव्यूशन नेपाल प्रालिका सञ्चालक तथा सेयर होल्डर हुन् । यसको कार्यालय सिद्धिभवन, कान्तिपथ काठमाडौंमा रहेको छ । यो कम्पनी सन् २००२ देखि चालु छ ।

panama-link

वल्ड डिष्ट्रीव्यूशन नेपाल प्रा.लिसँगै हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेडको नाम जोडिएर आएको छ । वल्ड डिस्ट्रीव्यूशन नेपालमा विजेन्द्रका पाटनरसिप गर्दे आएका विमलकाजी ताम्राकार वल्ड डिस्ट्रीव्यूशन नेपाल र हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेडमा सञ्चालक र सेयरधनी रहेका छन् । वल्ड डिस्ट्रीव्यूशन नेपाल ९ मे २००२ देखि र हिमालयन इन्भेष्टमेन्ट ग्रुप २२ डिसेम्बर २००३ देखि सञ्चालमा आएको छ । यसको कार्यालय पनि सिद्धिभवन, कान्तिपथ काठमाडौं रहेको छ ।

हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेडमा विश्ववरसिंह थापा पनि संलग्न छन् । उनी कम्पनीको सेयरधनी र सञ्चालक दुबै हुन् । त्यस्तै, विश्वधर तुलाधर वल्ड डिस्ट्रव्यूशन नेपाल प्रा.लि र हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेड दुबैमा संलग्न छन् ।

आईसीआईजेका अनुसार विजेश कुमार तोदी अग्रवाल पनि कर छलिमा संलग्न छन् । उनी मोरङ जिल्ला विराटनगर नगरपालिका वडा नम्बर ९ का बासिन्दा हुन् । उनी वुडस्टक यूनिभर्सल लिमिटेडका डारेक्टर छन् । यो कम्पनी ३ अगष्ट २००७ देखि सञ्चालनमा रहेको छ । यस कम्पनीमा हरिस कुमार तोदी पनि सञ्चालक रहेका छन् ।
डा श्याम बहादुर कर्माचार्यले सुर्गी इलेक्ट्र मेडिकल लिमिटेडको नाममा विदेशमा पुँजी लगेका छन् । उनी सो कम्पनीका सेयरधनी र सञ्चालक हुनु । यो कम्पनी ७ मे २००८ देखि सञ्चालनमा रहेको छ । यो कम्पनी ललितपुर उपमहानगर पालिका वडा नब्वर २ मा देखिन्छ ।

बेनु श्रेष्ठ बेलउड अक्रस लिमिटेडको नामबाट कर छलि गर्दै विदेशमा पुँजी लगेकीछिन् । उनी सो कम्पनीका सञ्चालक र सेयर होल्डर हुन् । यो कम्पनी २१ अक्टोबर २००५ देखि सञ्चालमा रहेको छ । यसको कार्यालय थैबु, वडा नम्बर ७ ललितपुर रहेको छ ।

त्यस्तै प्रोफेशर सत्येन्द्र कुमार गुप्ताले वन्का इन्टरनेशल इन्कर्पोरेशनको नामक कम्पनी मार्फत पुँजी विदेश लगेका छन् । १ अप्रिल २००४ देखि यो कम्पनी सञ्चालमा छ् ।

राजेन्द्र कुमार काब्रा र रेखा काब्राले फ्रगान्स टाउन लिमिटेड नाममा पुँजी विदेश लैजादै चोरबाटोबाट लगानी गरेको पाईएको छ । यो कम्पनी ६ अप्रिल २००९ देखि सञ्चालमा आएको छ । शुक्रपथ, काठमाडौंमा यसको कार्यालय रहेको छ ।

रेनुका प्रधानले चुनदेवी–४, काठमाडौं ठेगानामा रेष्ट पार्क आईएनसी दर्ता गरी २३ मार्च २००७ देखि कारोबार गर्दै आएकी छिन् । यो कम्पनीले पनि कर छलि गर्न पुँजी विदेश लग्दै आएको आईसीआईजेको पनामा पेपर्स रिपोर्टमा उल्लेख गरेको छ ।

Share News