काठमाडौं, २४ चैत ।भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्राले नेपाल भित्र्याएको पछिल्लो कार केभी १०० को बिक्री बढेको छ । त्यसको महत्वपुर्ण कारणका रुपमा कम्पनीले ल्याएको न्युन ब्याजदरको सुबिधा हो । महिन्द्रा मोटर्सको नेपाली आधिकारिक बिक्रेता अग्नी इन्कर्पाेरेटिडले ४ दशमलब ९९ प्रतिशत ब्याजदरमा डाउन पेपेन्टको व्यवस्था गरेपछि सो कारको बिक्रि बढेको हो । स्ट्याण्डर्ड चाटर्ड बैंकसँगको सहकार्यमा ल्याईएको योजनाले कारको बजार हिस्सा बढाउन निकै मदत गरेको कम्पनीले नै स्विकार गरेको छ ।

कम्पनीले न्युनतम पाँच लाख तिरेपछि सो ब्याजदरमा कार उपलब्ध गराउँछ । सो किस्ताको अवधीमा ६ बर्ष कायम गरिएको छ । ४.९९ प्रतिशतको ब्याजदर हालसम्मकै न्युनतम ब्याजदर भएको पनि कम्पनीले दावी गरेको छ ।
बढ्यो लोकप्रियता
गत बिहिबारबाट बिक्रि खुल्ला गरिएको कार छ दिनमै एक वटा बिक्रि भैसकेको छ ।‘दैनिक १० वटा बिक्रि हुने अपेक्षा थियो तर छ दिनमै एक सय वटा बेचियो’ अग्नी इनकर्पाेरेटिडका एसिसटेन्ट मार्केटिङ अफिसर डार्बिन पोख्रेलले भने ।
के के छन बिशेषता ?
केयुभी गाडिमा उत्कृष्ट डिजाइन, स्टाइलिस र आरामदायी इन्टेरीयर डिजाइनमा उपलब्ध छन् । यो गाडी विभिन्न पाँच रङमा उपलब्ध छन् । पर्ल ह्वाइट, एक्युमरिन, डाजलिङ सिल्भर, फ्लाम्वोयान्ट रेड, फेयरी अरेन्ज कलरमा उपलब्ध छन् । गाडीमा दुई बर्षको वारेन्टी सुबिधा समेत छ ।
गाडीमा यात्रा गर्ने यात्रुका लागि डुयल एयरव्याग रहित यो सेग्मेन्टमा पहिलो डुअल रियर फोग ल्याप्मस्को सुविधा राखिएको छ । एसयुभी गाडिको सेग्मेन्टमा पहिलोपटक ६ जान बस्न सक्ने गरी फ्लेक्सी ६ सिटर अप्सनको सुविधा रहेको छ ।
महिन्द्रा एण्ड महिन्द्राले यो गाडीको डिजाइनका लागि पाँचसय करोड रुपैयाँ भारु खर्च गरेको थियो । यो कारको डिजाइन एलजी इन्जिनियरिङले गरेको हो । उक्त गाडी १.२ डिजेल तथा पेट्रोल इन्जिनमा उपलब्ध छ । पाँच स्पीड म्यानुअल गियर रहेको यो गाडी अधिकतम ६१ किलोवाट तथा ५५ सय आरपिएम पावर क्षमताको रहेको छ । ट्युवलेस टायर रहने यो गाडी ११ सय ९८ सिसि क्षमताको रहेको छ ।
डिजेल र पेट्रोल दुबैमा उपलब्ध
यो कार डिजेल इञ्जिन र पेट्रोल दुबैमा उपलब्ध छन् । डिजेल इञ्जिन कारको मुल्य न्युनतम ३१ लख ४५ हजारदेखि ३६ लाख ४५ हजारसम्म पर्छ । त्यस्तै पेट्रोल इञ्जिन कारको मुल्य न्युनतम २४ लाख ९५ हजारदेखि ३१ लख ९५ हजारसम्म पर्छ ।