बेष्ट फाइनान्सको सञ्चालकमा प्रधान र ढकालको कार्यकाल अनुमोदन

<p>काठमाडौं । बेष्ट फाइनान्सको सञ्चालकमा अमिरध्वज प्रधान र दिपक ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन गरेको छ । संस्थाको वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक प्रधान र ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन गरेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । बिहीबार सम्पन्न संस्थाको २३औं वार्षिक साधारण सभाले लेखापरिक्षक नियुक्त गरेको छ । संचालक [&hellip;]</p>

काठमाडौं । बेष्ट फाइनान्सको सञ्चालकमा अमिरध्वज प्रधान र दिपक ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन गरेको छ ।

संस्थाको वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक प्रधान र ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन गरेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

बिहीबार सम्पन्न संस्थाको २३औं वार्षिक साधारण सभाले लेखापरिक्षक नियुक्त गरेको छ ।

संचालक समितिका अध्यक्ष अमिरध्वज प्रधानको सभापतित्वमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७५/७६ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

Share News