
काठमाडौं । बैंक अफ काठमाण्डू(बिओके) को सहायक कम्पनी बिओके क्यापिटल मार्केटको संचालक समितिको अध्यक्ष पदमा महेश मिश्र नियुक्त भएको छ । संस्थाको ५९औं संचालक समितिको बैठकले मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
साथै, उक्त बैठकले संचालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको छ । शर्मा बैंक अफ काठमाण्डूको तर्फबाट क्यापिटलको संचालकमा नियूक्त भएका हुन् ।