इन्भेष्टमेन्ट बैंकको नयाँ सेयर किन्न ३५ अर्ब रुपैयाँको आवेदन, ५० दिनभित्र बाँडफाँड गरिने

<p>काठमाडौं, १४ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकको नया सेयर (एफपीओ) लिन ३५ अर्ब ५० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बैंकले निश्काशनको भन्दा साढे छ गुणाभन्दा बढी सेयर माग भएको निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषका प्रबक्ता सुशील कुमार अर्यालले बताए । करिव २ लाख व्यक्ति तथा कम्पनीले उक्त सेयरका लागि आवेदन गरेका [&hellip;]</p>

काठमाडौं, १४ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकको नया सेयर (एफपीओ) लिन ३५ अर्ब ५० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बैंकले निश्काशनको भन्दा साढे छ गुणाभन्दा बढी सेयर माग भएको निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषका प्रबक्ता सुशील कुमार अर्यालले बताए । करिव २ लाख व्यक्ति तथा कम्पनीले उक्त सेयरका लागि आवेदन गरेका छन् ।

bikashnews.com

बैंकले माग गरेको भन्दा बढी आवेदन परेपछि शुक्रबारदेखि आवेदन बन्द गरिएको छ । अर्यालका अनुसार विहीबारसम्ममा १४ अर्ब ६० करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । छ । शुक्रबारमात्र २० अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर माग आवेदन परेको उनले बताए । ५० दिन भित्रका सेयर बाँडाफाँड गरिसक्ने उनले बताए ।

बैंकले प्रतिकित्ता १०० अंकित सेयर ५०१ रुपैयाँ प्रिमियम मूल्य राखेर प्रतिकित्ता ६०१ रुपैयाँमा निश्काशन गरेको छ । कुल ९० लाख ६९ हजार ३८८ कित्ता सेयरको लागि ५ अर्ब ४५ करोड ७ लाख रुपैयाँ मागेको थियो ।

Share News