बैंक खरिद गर्ने तयारीमा नेपाल एसवीआई बैंक

<p>काठमाडौं, ५ पुस । नेपाल एसबिआई बैंकले एक वाणिज्य बैंक वा केही राष्ट्रिय स्तरको विकास बैंक एक्वाएर गर्ने नीति लिएको छ । राष्ट्र बैंकको नीतिअनुसार पुँजी वृद्धिसँगै व्यवसाय विस्तार गर्न एक्वाएरमा जान उपयुक्त हुने साझा मत सञ्चालक समितिमा देखिएको स्रोतले बतायो । पुँजी वृद्धिबारे अन्तिम निर्णय लिन पुस ८ गते बैंक सञ्चालक समितिले बैठक बस्दैछ [&hellip;]</p>

bikashnews.com

काठमाडौं, ५ पुस । नेपाल एसबिआई बैंकले एक वाणिज्य बैंक वा केही राष्ट्रिय स्तरको विकास बैंक एक्वाएर गर्ने नीति लिएको छ । राष्ट्र बैंकको नीतिअनुसार पुँजी वृद्धिसँगै व्यवसाय विस्तार गर्न एक्वाएरमा जान उपयुक्त हुने साझा मत सञ्चालक समितिमा देखिएको स्रोतले बतायो ।
पुँजी वृद्धिबारे अन्तिम निर्णय लिन पुस ८ गते बैंक सञ्चालक समितिले बैठक बस्दैछ । पुस मसान्तभित्र बैंकको साधारणसभा गर्ने उदेश्यले पुँजी वृद्धि सम्बन्धि निर्णय गर्न बाँकी नै राखेर गत विहीबारको बैठकले २७ प्रतिशत बोनस दिने निर्णय गरी स्वीकृतको लागि राष्ट्र बैंकमा पठाएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट २७ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि थप १ दशमलव ४२ प्रतिशतका दरले नगद लाभांश पनि दिने भएको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ हुनेछ ।
त्यसपछि बैंकले २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निश्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड हुने भएको छ ।
तर बैंकले हकप्रद सेयर प्रिमियम मूल्यमा जारी गर्ने भएको छ । प्रिमियम मूल्यमा हकप्रद सेयर जारी गर्न लागिएको नेपालको पुँजी बजारमा यो पहिलो प्रयास हो ।
बैंकले अन्तिम लेखापरीक्षणबाट कायम हुन आउने प्रतिशेयर नेटवर्थको सीमा भित्र रही हकप्रद शेयरको प्रिमियम निर्धारण गर्ने भएको छ । हकप्रद सेयर निष्काशन गर्न इक्राबाट रेटिङ गर्ने, धितोपत्र बोर्ड स्वीकृत लिने प्रक्रिया लामो हुने भएकोले २०७३ असार मसान्तको वासलातको नेटवर्थको आधारमा हकप्रद सेयर जारी हुने सम्भावना छ ।
एक्वाएरमा जाने उदेश्यले नै बैंकले आवश्यक पुँजी जुटाउन प्रिमियम मूल्यमा हकप्रद सेयर निश्काशन गर्न लागेको स्रोतले बतायो । ‘हकप्रद सेयर जारी गरी संकलन भएको प्रिमियम रकम अर्को संस्था खरिद गर्ने प्रयोग गर्ने योजना हो’ स्रोतले भन्यो–अरु बैंक मर्ज हुँदा पुँजी र व्यवसायको आकार दुबै वृद्धि भयो । हामी मर्जमा जाँदैनौं । पुँजी मात्र थप्दा पुँजी धेरै व्यवसाय थोरै हुने भयो । पुँजी र व्यवसाय दुबै विस्तर गर्न एक्वायरमा जानु पर्यो । एक्वाएर गर्न आवश्यक कोष जुटाउन प्रिमियममा हकप्रद सेयर जारी गर्ने निर्णय गरेका हौ ।’
हकप्रद शेयर निष्काशन गर्दाका बखत विद्यमान रणनीतिक पक्षहरु एवं उपलब्ध व्यवसायिक अवसर समेतलाई दृष्टिगत गरी हकप्रद शेयरको रुपमा निष्काशन हुने शेयरको खास अनुपात, जारी हुने रकम र निष्काशनको चरण किटान गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्न आगामी साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय सञ्चालक समितिले गरेको छ ।
एक्वाएरमा जाने उदेश्यले नै बैंकले आवश्यक पुँजी जुटाउन प्रिमियम मूल्यमा हकप्रद सेयर निश्काशन गर्न लागेको स्रोतले बतायो । ‘हकप्रद सेयर जारी गरी संकलन भएको प्रिमियम रकम अर्को संस्था खरिद गर्ने प्रयोग गर्ने योजना हो’ स्रोतले भन्यो–अरु बैंक मर्ज हुँदा पुँजी र व्यवसायको आकार दुबै वृद्धि भयो । हामी मर्जमा जाँदैनौं । पुँजी मात्र थप्दा पुँजी धेरै व्यवसाय थोरै हुने भयो । पुँजी र व्यवसाय दुबै विस्तर गर्न एक्वायरमा जानु पर्यो । एक्वाएर गर्न आवश्यक कोष जुटाउन प्रिमियममा हकप्रद सेयर जारी गर्ने निर्णय गरेका हौ ।’
‘करिब १ अर्ब ९० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेर ८ अर्ब चुक्ता पुँजी पुर्याउन सकिने देखिएको छ । आवश्यकता अनुसार बढीमा २ अर्ब ६० करोडको रुपैयाँसम्मको हकप्रद सेयर प्रिमियम मूल्यमा जारी गर्ने निर्णय भएको हो । हकप्रद सेयर २०७४ असार मसान्तसम्ममा जारी हुन्छ’ स्रोतले भन्यो ।
राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले २०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी न्यूनतम ८ अर्ब रुपैयाँ बनाउनुपर्नेछ । आगामी दुई आर्थिक वर्षको नाफाबाट बैंकले बोनस सेयर वितरण गरी ८ अर्ब चुक्ता पुँजी पुर्याउने योजना बनाएको छ ।

सेयर बजारमा पर्न सक्ने असर
नेपाल एसवीआई बैंकले गत वर्षको नाफाबाट २७ प्रतिशत बोनस सेयर दिने निर्णय गर्यो । साथै बढीमा २६० करोडको हकप्रद सेयर दिने निर्णय गर्यो । २६० करोडको हकप्रद सेयर जारी गर्नु भनेको हालको सेयरमा करिव ८५ प्रतिशत तथा २७ प्रतिशतको बोनस सेयर वितरणपछिको ६७ प्रतिशत हकप्रद सेयर निश्काशन हुनु हो ।

बोनस सेयर र हकप्रद सेयर जारी गर्ने निर्णयसँगै बजारमा सेयरको मूल्य ह्वात्तै बढ्ने गर्छ नेपालमा । २७ प्रतिशत बोनस सेयर र ८५ प्रतिशत हकप्रद सेयरको तात्कालिन घोषणाका आधारमा सेयरधनीले महँगो मूल्यमा सेयर किन्न सक्छन् ।
तर प्रिमियममा हकप्रद सेयर जारी गर्ने र अर्को बैंक एक्वायर गर्ने बैंकको नीतिले आगामी वर्ष बोनस सेयर र हकप्रद सेयरको सम्भावना टारेको छ । लगानीकर्ताले यसमा ध्यान दिए भए बैंकको सेयरमूल्य बढ्ने सम्भावना कम छ ।

नेपाल एसवीआई बैंकले अर्को बैंक एक्वाएर गर्न सफल नै हुन्छ भन्ने छैन । त्यो अवस्थामा बैंकले आगामी दुई वर्षको नाफाबाट बोनस सेयर दिएर पुँजी आठ अर्ब बनाउने छ । शुन्य लागतको प्रिमियम कोषले बैंकलाई बलियो बनाई राख्नेछ । तर परम्परागत बैंकिङ गर्दै आएको यस बैंकलाई व्यापार विस्तार गर्नु र पुँजी वृद्धिको तुलनामा नाफा वृद्धि गर्नु मूख्य चुनौति हुनेछ ।

Share News