डिसहोमका सेवाहरु अब मोबाइल एप र वेभसाइटमा

काठमाडौं, ३१ साउन । डिसहोमले आफ्नो सेवालाई थप सजिलो बनाउनका लागि आफ्नै मोवाइल एप शुरु गरेको छ । यस मोबाइल एप मार्फत ग्राहकहरुले विभिन्न सेवा तथा सुविधा प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यस एपको मुख्य सेवाहरुमा एप मार्फत रिचार्ज गर्न सकिने सुविधा हो । बजारबाट रिचार्ज कार्ड खरिद गरेर यस एप मार्फत रिचार्ज गर्न सकिन्छ । साथै रिचार्ज कार्ड खरिद गर्न सम्भव नभएका अवस्थामा एससिटिको एटिएम कार्डको कार्ड नम्बर र पिन नम्बर राखेर समेत सजिलै रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका नायब प्रबन्धक कल्याण अधिकारीले जनाए अनुसार ग्राहकहरुले लाइन काटिएमा ३ दिनको लागि लाइन खुलाउन क्रेडिट सेवा पनि यस एपमा प्रयोग गर्न सक्ने छन् । यसका अलावा ब्यालेन्सबारे बुझ्न, हप्ता भरिको कार्यक्रम तालिका हेर्न, वितरकहरु संग सम्पर्क गर्न र बिक्रि पछिका सेवा प्राप्त गर्न समेत डिसहोमको मोबाइल एप प्रयोग गर्न सकिने अधिकारीले बताए । डिसहोमका यी सेवाहरु मोबाइल एपका साथ साथै डिसहोमको वेभसाइट www.dishhome.com.np मा समेत प्रयोग गर्न सकिन्छ ।

पर्यटकबाट ३५ करोड रुपैयाँ राजस्व उठ्यो

काठमाडौं, ३० साउन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत आवमा स्वदेशी तथा विदेशी पर्यटकबाट ३५ करोड ११ लाख ४७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विभागले दुई लाख ९६ हजार ४११ स्वदेशी तथा विदेशी पर्यटकबाट सो रकम सङ्कलन गरेको प्रवक्ता किशोरकुमार मेहताले जानकारी दिए। अघिल्लो आवमा पाँच लाख १७ हजार ९५ पर्यटक भित्रिएका थिए । भूकम्प र नाकाबन्दीका कारण नेपाल भित्रिने पर्यटक घटेसँगै त्यसको प्रत्यक्ष असर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा परेको छ । सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज तथा सबैभन्दा कम कोसीटप्पु वन्यजन्तुु आरक्ष क्षेत्रमा पर्यटक भित्रिएका मेहताले बताए। चितवन राष्ट्रिय निकुञ्जमा ५६ हजार ७९९ पर्यटक तथा कोसी टप्पु वन्यजन्तु आरक्षमा दुई विदेशी पर्यटक भित्रिएका थिए । यस्तै शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा नेपालीसहित एक लाख ४७ हजार ९ पर्यटक भित्रिएका बताइएको छ । रासस

भोला रिजालको टोलीद्धारा सप्तरीको तिलाठीमा ७ सय विरामीको स्वास्थ्योपचार

सप्तरी, ३० साउन । सप्तरिको तिलाठि आसपासका बाढीपीडित जनताको स्वास्थ्य उपचार र राहत बितरण गर्न काठमाडौं बाट गएको बिशेषज्ञ चिकित्सकहरुको टोलिले पिढित जनताको स्वास्थ्य उपचार सहित आवश्यक राहत बितरण गरेको छ । जिल्ला प्रशासन कार्यलय र जनताको पहलमा बिशेषज्ञ चिकित्सकहरुको टोलि शुक्रबार तिलाठी पुगेको थियो । चिकित्सकहरुको टोलि तिलाठी पुगेसंगै नेपाल र भारतबाट उपचार गराउन आउनेहरुको ठुलो भिड लागेको थियो । शुक्रबार मात्रै पाँच सय बिरामिको स्वास्थ्य परिक्षण गरिएकोमा शनिवार थप दुई सय जनाको स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य परिक्षण गर्न आउनेमा महिला र बृद्ध बृद्धा बढि रहेका छन् । शिनिबार बिहान ७ बजेबाट नै स्वास्थ्य परिक्षण सुरुगरिएको बिरष्ठ चिकित्सक डाक्टर रमेश सिंहले बताए । शुक्रबार भारतबाट २५ प्रतिशत बिरामी आएकोमा शनिवार ३५ प्रतिशत बिरामी आएका थिए । उनिहरुमा अधिकांसको नाक, कान, घाँटी र स्त्रिरोग सम्बन्धि समस्या रहेको छ । बाढिपिडित जनतालाई राहत बितरण शुक्रबार र शनिवार बिहानसम्म चलेको स्वास्थ्य परिक्षणपछि डाक्टर भोला रिजाल नेतृत्वको चिकित्सक टोलीले बाढीपीडित जनतालाई खाद्यान्न सहति राहतका सामग्री बितरण गरेको थियो । स्वास्थ्य शिविर सम्पन्न गरेसंगै जिल्ला प्रशासन कार्यलय र नेपाल रेडक्रस सोसाईटीको समन्वयमा राहत सामग्री बितरण गरिएको हो । जिल्ला प्रशासन कार्यलयले तयार पारेको मल्हनिया गाबिसका १५० जना बाढिपिढित जनतालाइ राहत बितरण गरिएको हो । जिल्ला प्रशासन कार्यलयले तयार पारेको पिढितहरुको नाम लिष्टका आधारमा राहत बितरण गरिएको थियो ।