संचय कोषको प्रशासकमा तुलसीप्रसाद गौतम नियुक्त

<p>काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा राष्टिय योजना आयोगका प्रवत्ता तुलसीप्रसाद गौतमलाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले रिक्त प्रशासक पदमा गौतमलाई नियुक्त गरेको हो । छनौट समितिमा पहिलो नम्बरमा रहेका गौतमलाई सरकारले कोषको प्रशासक बनाएको हो । कोषका नायवप्रशासक दीपक रौनियार र  राजेन्द्र काफले प्रतिस्पर्धामा थिए । गौतम राष्टपति विद्यादेवी [&hellip;]</p>

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा राष्टिय योजना आयोगका प्रवत्ता तुलसीप्रसाद गौतमलाई नियुक्त गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले रिक्त प्रशासक पदमा गौतमलाई नियुक्त गरेको हो ।

छनौट समितिमा पहिलो नम्बरमा रहेका गौतमलाई सरकारले कोषको प्रशासक बनाएको हो ।

कोषका नायवप्रशासक दीपक रौनियार र  राजेन्द्र काफले प्रतिस्पर्धामा थिए । गौतम राष्टपति विद्यादेवी भण्डारीसगै अध्ययन गरेका र अर्थमन्त्री डा. युवराज खतिवडा निकट रहेका छन् ।

Share News