सरकारले ईन्धनको भाउ बढायो, पेट्रोलमा २ रुपैयाँ र ग्याँसमा २५ रुपैयाँ बढ्यो

<p>काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ ।  आज राती १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य बढाएको हो । निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ । निगमकोअनुसार नयाँ मूल्यसूची अनुसार [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ ।  आज राती १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य बढाएको हो ।

निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।

निगमकोअनुसार नयाँ मूल्यसूची अनुसार आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७/७७ रुपैयाँ र हवाई इन्धन -आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।

 

Share News