सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम नियुक्त

<p>काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शम्भुनाथ गौतम नियुक्त भएका छन् । गत साउन २५ गते बसको बैंक सञ्चालक समितिको बैठकले गौतमलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । गौतमले साउन २६ गते (बिहीबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शम्भुनाथ गौतम नियुक्त भएका छन् । गत साउन २५ गते बसको बैंक सञ्चालक समितिको बैठकले गौतमलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गौतमले साउन २६ गते (बिहीबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

साथै, सोही बैठकले यस अघिको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले दिएको राजीनामा स्वीकृत समेत गरेको छ ।

Share News