सेयर बजारमा ४९ करोडको सेयर कारोबार

<p>काठमाडौं । सोमबारको सेयर बजारमा ४९ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बजारमा १३८ कम्पनीको ७ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९ दशमलब ९७ अंकले घटेर १५८० अंकमा झरेको छ [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर बजारमा ४९ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बजारमा १३८ कम्पनीको ७ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९ दशमलब ९७ अंकले घटेर १५८० अंकमा झरेको छ ।

झण्डै दोहोरो अंकले ओरालो लागेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहकको परिसूचक ८१ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, हाइड्रो र विकास बैंक समूहको परिसूचक दोहोरो अंकले झरेका छन् भने बाँकी समूहका परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।

सो दिन सबैभन्दा बढी एभरेष्ट बैंक लि प्रमोटर सेयरका सेयरधनीले ९.४५ प्रतिशत गुमाएका छन् । सो दिन कम्पनीको सेयर मूल्य १४२ अंकले घटेर प्रतिकित्ता १३६१ रुपैयाँमा झरेको छ ।

Share News