सिद्धार्थ बैंकले फेरी १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

<p>काठमाडौं । सिद्धार्थ बैंकले फेरी १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । आजै (बिहीबार)बाट ३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको बैंकले थप १० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सो निर्णय पारित गर्नको लागि बैंठकले आगामी असार १८ [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले फेरी १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । आजै (बिहीबार)बाट ३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको बैंकले थप १० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय बिहीबार दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सो निर्णय पारित गर्नको लागि बैंठकले आगामी असार १८ गते कम्पनीको विशेष साधारण सभा बोलाएको छ ।

बैंकले हालै जारी गरेको ३० प्रतिशत पश्चात बन्ने पूँजीमा थप १० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । जसमा फेरि १० प्रतिशत हकप्रद जारी गरे पश्चात बैंकको पूँजी ७ अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ ।

Share News