काठमाडौं । साताको अन्तिम दिन(बिहीबार)को सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । सो दिन परिसूचक ७ दशमलब ९४ अंकले ओरालो लागेर १६१५ अंकमा झरेको छ ।
बजारमा जम्मा ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २८ करोड रुपैयाँ घटी हो । बिहीबार १४९ कम्पनीको ८ लाख ४ हजार कित्ता सेयर किनबेच भएको छ ।
७ अंकले घटेको बजारमा कारोबार भएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ४० अंकले ओरालो लागेको छ । त्यस्तै, बीमा र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ३९ र १७ अंकले झरेका छन् भने अन्य बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।