कामना विकास बैंकको हकप्रद सेयर असार ११ गतेदेखि खुला, कहाँ देखि आवेदन भर्ने ?

<p>काठमाडौं । कामना विकास बैंकले आगामी असार ११ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले सो दिनदेखि ३० प्रतिशत अर्थात १०ः३ को अनुपातमा प्रति शेयर १०० रुपैयाँ अंकित दरको २४ लाख १३ हजार १३७ कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकका अनुसार उक्त सेयर गत मंसिर १० गतेसम्म कायम साविक शेयरधनीहरुले मात्र [&hellip;]</p>

काठमाडौं । कामना विकास बैंकले आगामी असार ११ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले सो दिनदेखि ३० प्रतिशत अर्थात १०ः३ को अनुपातमा प्रति शेयर १०० रुपैयाँ अंकित दरको २४ लाख १३ हजार १३७ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

बैंकका अनुसार उक्त सेयर गत मंसिर १० गतेसम्म कायम साविक शेयरधनीहरुले मात्र भर्न पाउने छन् । शेयरधनीहरुले सेयरको बिक्री खुला गरेको दिनदेखि साउन १५ गतेसम्म भर्न पाउने कम्पनीले जनाएको छ ।
|
बैंकले आफ्नो धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिल क्यापिटल मार्केट्सलाई नियुुक्त गरेको छ ।

इच्छुक सेयरधनीहरुले काठमाडौंको लाजिम्पाटमा रहेको एनआईबिल क्यापिटल मार्केट्सबाट सेयर भर्न सक्नेछन् । साथै, कामना विकास बैंक लि.को रजिष्टार्ड(केन्द्रीय कार्यालय, पोखरा तथा पोखराको विभिन्न शाखा र नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, बीरुगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढी शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Share News