संस्थापकले नै किनेनन् देवः विकास बैंकको ३ लाख ५६ हजार कित्ता सेयर

<p>काठमाडौं ।  देवः विकास बैंकको साढे तीन लाख कित्ता सेयर संस्थापकले नै नकिनेका कारण लिलाम बढाबढमा विक्री हुने भएको छ । यो बैंकले गत माघ ९ गतेदेखि फागुन २७ सम्म खुला गरेको हकप्रद सेयर विक्रीमा संस्थापककै चासो कम देखिएको छ । यो बैंकले संस्थापक समूहको ३ लाख ५६ हजार २९७ कित्ता सेयरको न्युनतम एक सय [&hellip;]</p>

काठमाडौं ।  देवः विकास बैंकको साढे तीन लाख कित्ता सेयर संस्थापकले नै नकिनेका कारण लिलाम बढाबढमा विक्री हुने भएको छ ।

यो बैंकले गत माघ ९ गतेदेखि फागुन २७ सम्म खुला गरेको हकप्रद सेयर विक्रीमा संस्थापककै चासो कम देखिएको छ ।

यो बैंकले संस्थापक समूहको ३ लाख ५६ हजार २९७ कित्ता सेयरको न्युनतम एक सय रुपैयाँ कबोल गर्ने गरी विक्रीमा राखेको सूचाना जारी गरेको छ ।

यो सेयरमा आवदेन दिन यही जेठ २८ गतेबाट असार १ भित्र आवेदन दिइसक्नुपर्ने छ । यसको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो ।

Share News