काठमाडौं । एनआइसी एसिया बैैंक लिमिटेडको २ लाख ९८ हजार ५३६ कित्ता सेयरको लिलामीमा विक्री हुने भएको छ ।
यो बैंकको गत चैत १६ देखि बैशाख १९ गतेसम्म माग गरिएको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण तर्फको यो सेयर लिलाम बढाबढमा विक्री हुने भएको छ ।
न्युनतम एक सय रुपैयाँ कबोल गरेर एक सय कित्ता वा सो भन्दा बढी सेयरको लागि आवेदन दिनुपर्ने छ ।
यही असार १ गतेबाट खुला हुने गोप्य सिलवबन्दी मार्फत याे सेयर खरिदकाे आवेदन ८ गतेभित्र दिइसक्नुपर्ने पनि बैंकले जानकारी दिएको छ ।
यसको बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड हो ।