काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले २१ लाख ३० हजार ८३४ कित्ता साधारण सेयर निष्कासन गरेको छ ।
प्रति कित्ता १ सय रुपैयाँ अंकित यसको साधारण सेयरमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारीको लागि छुट्याइएको छ ।
जम्मा ५ प्रतिशत सेयर अर्थात १ लाख ६ हजार ५४२ कित्ता सामूहिक लगानी कोषको लागि राखेर बाँकी सेयर सर्वसाधारणको लागि निष्कासन गरेको यो कम्पनीले जानकारी दिएको छ ।
न्युनतम ५० कित्ता सेयरको आवेदन दिन पाउने र अधिकतम १० हजार कित्ताको आवेदन दिन पाइने यसको सेयर यही आगामी असार १ गतेबाट खुला हुने छ ।
सेयरको आवदेन दिन असार १ देखि छिटोमा ५ गते र ढिलोमा १५ गते भित्र आवेदन दिइसक्नु पर्ने छ । यसको सेयरको आवेदन दिन ग्लोवल आइएमई क्यापिटल जमल, हिमालयन पावर लिमिटेड पानीपोखरी, ग्लोवल आइएमई बैंकको कठमाडौं बाहिरका ८ शाखाबाट दिन सकिने छ ।
काठमाडौं क्यापिटल लिमिटेड काठमाडौं प्लाजासहिको काठमाडौंका ९ वटा क्यापिटल लिमेटेड र नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त आश्वा प्रणलीमा आवेदन दिन सक्ने बैंकबाट यसको सेयरको आवेदन दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड हो ।