एशियन लाईफ ईन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल नियुक्त

<p>काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद साधारण सेयर निष्कासन गर्न आफ्नो बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेखबहादुर थापाबीच बुधबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कम्पनीको मिति २०७३/१२/१७ गते सम्पन्न आठौँ तथा नवौं बार्षिक साधारण [&hellip;]</p>

काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद साधारण सेयर निष्कासन गर्न आफ्नो बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेखबहादुर थापाबीच बुधबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कम्पनीको मिति २०७३/१२/१७ गते सम्पन्न आठौँ तथा नवौं बार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय भए बमोजिम कम्पनीले प्रतिसेयर एक सय रुपैयाँका दरले ४०,२७,९६६ कित्ता हकप्रद सेयर छिट्टै निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासन पश्चात यस कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

यस हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७३ चैत्र मसान्तसम्म यस कम्पनीको जीवन बीमा कोष ९४२ करोड रुपैयाँ, लगानी ९०६ करोड रुपैयाँ तथा चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Share News