शेरबहादुरलाई पत्याएन सेयर बजारले, परिसूचक दोहोरो अंकले ओरालो

<p>काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहण गरेको दिन सेयर बजार ओरालो लागेको छ । मंगलबार दोहोरो अंकले उकालो लागेको परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार परिसूचक १४ दशमलब २४ अंकले घटेर १६२३ अंकमा झरेको छ । बजारमा नेप्से परिसूचकका साथै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन ७६ [&hellip;]</p>

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहण गरेको दिन सेयर बजार ओरालो लागेको छ । मंगलबार दोहोरो अंकले उकालो लागेको परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार परिसूचक १४ दशमलब २४ अंकले घटेर १६२३ अंकमा झरेको छ ।

बजारमा नेप्से परिसूचकका साथै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन ७६ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १५ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन (मंगलबार) बजारमा ९१ करोड रुपैयाँमाथिको सेयर किनबेच भएको थियो । सो दिन १४९ कम्पनीको १२ लाख ७९ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार कारोबार भएका प्राय सबैसमूहको परिसूचक राताप्मे भएका छन् । सो दिन उत्पादनमूलक समूहको परिसूचक ९ अंकले उकालो लागेको छ भने बाँकी समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ओरालो लागेको छ ।

Share News