काठमाडौं । कामना विकास बैंकले २४ लाख १३ हजार १३७ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ ।
यो बैंकले एक सय अंकित साधारण सेयरको हकप्रद निष्कासन गरेको हो ।
यसले ८० करोड ४३ लाख ७९ हजार २ सय रुपैयाँको चुक्ता पुँजीमा २४ करोड १३ लाख थप गर्ने गरी १० सेयर बराबार तीन सेयर (१०ः३) को अनुपातमा हकप्रद वितरण गर्ने भएको छ । यसको सेयर आवदेन आगामी असार ११ गतेबाट साउन १५ गतेसम्म दिन सकिने पनि बैंकले जानकारी दिएको छ ।
यसको हकप्रदको आवेदन एनआइबीएल क्यापिटल मार्केट्स, कामना विकास बैंक पोखरा र नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय विराटनगर, विरगन्ज, वुटवल, नेपालगन्ज र धनगढीबाट दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो ।