काठमाडौं । भार्गव विकास बैंक लिमिटेडको संस्थापक र साधारण तर्फको गरी ८५ हजार २३१ कित्ता सेयरको लिलामी विक्री हुने भएको छ ।
बैंकले हकप्रद सेयरका लागि आवेदन खुला गर्दा विक्री नभएको यो सेयर शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेकाे हाे ।
बैंकले संस्थापक समूहतर्फको ३२ हजार ४६६ र सर्वसाधारण समूह तर्फको ५२ हजार ७६५ कित्ता सेयर विक्री गर्न सूचना जारी गरेको छ ।
यो बैंकको सेयर खरिद गर्न न्युनतम १ सय रुपैयाँमा यही जेठ २६ गतेबाट असार २ गतेभित्र आवेदन दिइसक्नुपर्ने पनि उल्लेख छ । याे सेयरको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।