काठमाडौं । बुटवल पावर कम्पनीले जारी गर्न लागेको एफपीओको मूल्य बढाएको छ । कम्पनीले धितोपत्र बोर्डबाट जारी गरिएको नयाँ निर्देशिका(धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४) बमोजिम जारी गर्न लागेको एफपीओको मूल्य बढाएको हो ।
कम्पनीले ४० लाख ८१ हजार कित्ता थप साधारणा सेयर (फरदर पब्लिक इस्यु(एफपिओ)) निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ४१८ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ५१८ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । जुन रकम अघिल्लो निर्णय अनुसार ४८ रुपैयाँ बढी हो ।
यस अघि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ३७० प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४७० रुपैयाँमा एफपिओ निष्कासन गर्ने निर्णय गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुग्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७७ रुपैयाँ रहेको छ ।