भूकम्प प्रभावितलाई दिने ट्याक्सीको मिति फेरि सर्यो, अब असार ९ देखि ११ गतेसम्म

<p>काठमाडौं । भूकम्प पीडितलाई राहत स्वरुप उपलव्ध गराउन लागिएको ट्याक्सीको नम्बर प्लेट वितरण गर्ने मित चैत, बैशाख, जेठ हुनै असार पुगेको छ । २०७३ चैतमै दिने भनिएको ट्याक्सी नम्बर प्लेट यातायात व्यवस्था विभागले तयारी नपुगेको भन्दै वैशाखमा दिने भन्यो । फेरि बैशाखमा चुनाव भएकोले जेठमा सार्यो । जेठमा पनि चुनाव भएकोले असार पुगेको छ । [&hellip;]</p>

काठमाडौं । भूकम्प पीडितलाई राहत स्वरुप उपलव्ध गराउन लागिएको ट्याक्सीको नम्बर प्लेट वितरण गर्ने मित चैत, बैशाख, जेठ हुनै असार पुगेको छ ।

२०७३ चैतमै दिने भनिएको ट्याक्सी नम्बर प्लेट यातायात व्यवस्था विभागले तयारी नपुगेको भन्दै वैशाखमा दिने भन्यो ।

फेरि बैशाखमा चुनाव भएकोले जेठमा सार्यो । जेठमा पनि चुनाव भएकोले असार पुगेको छ ।

असारमा पनि तेस्रो चरणमा थपिएको निकायमा चुनाव भएफेरि सर्ने हो कि भन्न पनि थालिएको छ ।

चुनाव भएकोले असहजता हुने भन्दै मिति सारिएको विभागको भनाइ छ । विभागले आवश्यक सबै प्रक्रिया पूरा गरेको भएपनि पनि पटक पटक रोकिनुले भने शंका पैदा भएको छ । कारोबार दैनिकबाट ।

Share News