नेप्सेको वेभसाइटमा समस्या, सेयर कारोबार भने नियमित

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को वेभसाइटमा समस्या उत्पन्न भएको छ ।  सिंहदरबारमा रहेको सरकारी डाटा सेन्टर(जिआइडिसी)मा समस्या उत्पन्न भएकाले वेभसाइट नचलेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले विकासन्युजलाई जानकारी दिए । पराजुलीका अनुसार हाल नेप्से र सरकारी प्राबिधिक टोलीले समस्या पहिचान गरेर समाधानको प्रयास गरिरहेका छन् । यद्यपी सेयर कारोबार भने नरोकिएको उनले जानकारी दिए । ‘सेयर [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को वेभसाइटमा समस्या उत्पन्न भएको छ ।  सिंहदरबारमा रहेको सरकारी डाटा सेन्टर(जिआइडिसी)मा समस्या उत्पन्न भएकाले वेभसाइट नचलेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले विकासन्युजलाई जानकारी दिए ।

पराजुलीका अनुसार हाल नेप्से र सरकारी प्राबिधिक टोलीले समस्या पहिचान गरेर समाधानको प्रयास गरिरहेका छन् । यद्यपी सेयर कारोबार भने नरोकिएको उनले जानकारी दिए । ‘सेयर कारोबार रोकिएको छैन, हामी समस्या समाधानको प्रयास गरिरहेका छौं’, पराजुलीले भने ।

ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले पनि नेप्सेको सर्भरमा समस्या आएको बताउँदै चेक राफसाफ रोकिएको बताए । ‘सेयर कारोबार त भैरहेको छ तर सिडिएसको सर्भरमा पनि समस्या आएकाले चेक राफसाफ रोकिएको छ, समय थपिदिन्छौं भन्ने आश्वासन आएको छ ।’, ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने ।

३ बजे हुनुपर्ने राफसाफ पछि धकेकिएको र थप समय उपलब्ध गराउने प्रतिवद्धता आएको उनले बताए ।

Share News