प्रियंका कार्कीले चढिन् टाटाको जेस्ट कार

<p>काठमाडौं । नेपालकी बहुचर्चित नायिका, मोडल, कोरियोग्राफर एवं भिजे, प्रियंका कार्कीले हालै टाटाको जेस्ट कार खरिद गरेकी छिन् । सो कुराको जानकारी उनले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएकी हुन् । भारतको सुप्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स्द्वारा उत्पादित जेस्ट कारको बेचबिखन नेपालमा टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले गर्दछ । आकर्षक लुक, उत्कृष्ट पर्फमेन्स र [&hellip;]</p>

काठमाडौं । नेपालकी बहुचर्चित नायिका, मोडल, कोरियोग्राफर एवं भिजे, प्रियंका कार्कीले हालै टाटाको जेस्ट कार खरिद गरेकी छिन् । सो कुराको जानकारी उनले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएकी हुन् ।

भारतको सुप्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स्द्वारा उत्पादित जेस्ट कारको बेचबिखन नेपालमा टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले गर्दछ । आकर्षक लुक, उत्कृष्ट पर्फमेन्स र स्टाइलका कारण टाटा जेस्टले छोटो समयमा नै नेपालकै अग्रणी कम्प्याक्ट सेडान कारको रुपमा निकै चर्चा बटुल्न सफल भएको छ ।

यसैक्रममा नेपालकी चर्चित अभिनेत्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि उक्त जेस्ट कारलाई रोजेकोमा आफूहरु पनि हर्षित भएको कुरा कम्पनीले जानकारी गराएको छ ।

Share News