काठमाडौं । सोमबारको सेयर बजारमा कुल १४४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १२० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।
सोमबारको कमाउनेमध्ये ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनबी इन्स्योरेन्स कम्पनी, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका हुन् ।
१० प्रतिशत कमाउने ६ कम्पनी करिब १० प्रतिशत कमाउने ११ कम्पनी

त्यस्तै, ११ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी (अर्थात करिब १० प्रतिशत) कमाएका छन् । नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले ९ दशमलब ९९ प्रतिशत कमाएका छन् । त्यस्तै, नेरुडे लघुवित्त विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ ।