नेप्से परिसूचक दोहोरो अंकले उकालो, एक अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार

<p>काठमाडौं । सोमबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार सामान्य अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले उकालो लागेकोे छ । सोमबार परिसूचक २४ दशमलब ६२ अंकले उकालो लागेर १६७६ दशमलब २२ अंकमा पुगेको छ । नेप्से परिसूचक सँगै सोमबारको सेयर कारोबारमा पनि वृद्धि भएको छ । सो दिन एक अर्ब ६२ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सोमबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार सामान्य अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले उकालो लागेकोे छ । सोमबार परिसूचक २४ दशमलब ६२ अंकले उकालो लागेर १६७६ दशमलब २२ अंकमा पुगेको छ ।

नेप्से परिसूचक सँगै सोमबारको सेयर कारोबारमा पनि वृद्धि भएको छ । सो दिन एक अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन आइतबारको तुलनामा ४० करोड ९७ लाख रुपैयाँ बढी हो । सोमबार १४४ कम्पनीको २९ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ ।

सोमबारको बजारमा पनि नेपाल बैंक लि. को सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन बैंकको १३ करोड ८१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५०२ रुपैयाँ रहेको छ । जुन आइतबारको तुलनामा एक रुपैयाँले घटी हो । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५३ रुपैयाँ रहेको थियो । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य ११८० रुपैयाँ रहेको छ ।

बजारमा कारोबार भएका ८ वटा समूह सूचक मध्ये अन्य समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २०१ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, डेभलपमेन्ट बैंक, हाइड्रो र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् भने फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक सामान्य अंकले बढेका छन् । उता अन्य समूहको परिसूचक भने १.७४ अंकले ओरालो लागेको छ ।

Share News