काठमााडौं । सप्तरीमा केन्द्रीय कार्यालय रहेकाे महुली सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत साधारण सेयर निष्कासन गरेको छ ।
यो संस्थाले ४ करोड पुँजीमा ३० प्रतिशत थप गर्ने उद्देश्यले १ करोड २० लाख रुपैयाँको १ लाख २० हजार कित्ता साधारण सेयरको निष्कासन गरेको छ ।
प्रति कित्ता एक सय रुपैयाँ अंकित यो सेयर मध्ये ४८ सय कित्ता अर्थात ४ प्रतिशत कर्मचारीलाई र ६ हजार कित्ता अर्थात ५ प्रतिशत सामुहिक लगानी कोषका लािग सुरक्षित राखेको छ ।
बाँकी १ लाख ९ हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गरेको वित्तीय संस्थाले जानकारी दिएको छ । यो संस्थाको सेयर खुला आगामी बैशाख ७ गतेबाट छिटोमा ११ गतेसम्म हुने छ । ढिलोमा २१ गतेसम्मलाई खुला हुन सक्ने पनि उल्लेख छ ।
यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनसीएम मर्चेण्ड बैंकिङ लिमिटेड हो । यसको आवेदन दिन सनराइज बैंक, एनसीएम मर्चेण्ड बैंकिङ र महुलीकै विभिन्न शाखाबाट आवेदन दिन सकिने पनि उल्लेख छ ।