काठमाडौं । आइतबारको सेयर बजारमा एक अर्ब २१ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १४१ कम्पनीको १९ लाख २६ हजार कित्ता सेयर किनबेच भएका हुन् ।
आइतबार सबैभन्दा बढी कारोबार गर्नेमा नेपाल बैंक अगाडि रहेको छ । बैंकको १० करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ रहेको छ ।
त्यस्तै, सुर्या लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ११४० र ४३६ रुपैयाँ रहेको छ ।
दिनभर ओरालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुँदा सामान्य अंकले उकालो लागेको छ । परिसूचक शुन्य दशमलब ५६ अंकले बढेर १६५१ दशमलब ६० अंकमा अडेको छ ।
सो दिन तीन समूहका परिसूचक ओरालो लागेका छन् । बीमा, उत्पादनमूलक र होटल समूहको परिसूचक क्रमशः ३८, ३७ र १९ अंकले ओरालो लागेका हुन् । त्यस्तै, कारोबार भएका बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।