काठमाडौं । सुनसरीको इटहरीबाट पनि सेयर खरिद बिक्रीको कार्य शूरु भएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेन्जको अनुमति पछि बोकर नं ४७ निभ सेक्युरिटीजले आइतबारबाट सेयर कारोवार शुरु गरेको हो ।
हाल ५० वटा सेयर ब्रोकर कार्यरत रहेका छन् भने ५० वटै शाखा खोल्ने तयारी छ । शाखा विस्तार सगैँ नेपालभरीबाट लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सहज हुने छ । असार मसान्त सम्म सबै ब्रोकरले शाखा खोली सक्ने नेपाल स्टकले जानकारी दिएको छ ।