मञ्जुश्री फाइनान्सको १० लाख कित्ता सेयर लिलामीमा, चैत २८ गतेदेखि आवेदन खुला

<p>काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १० लाख ९० कित्ता सेयर लिलामीमा आएको छ । कम्पनीको ९ लाख ३५ हजार ०७४ कित्ता संस्थापक र ६५ हजार ०१६ कित्ता सर्वसाधारण सेयर गरि सो मात्राको सेयर लिलामीमा आएको हो । कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा संस्थापक र सर्वसाधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । कम्पनीले लिलामीमा [&hellip;]</p>

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १० लाख ९० कित्ता सेयर लिलामीमा आएको छ । कम्पनीको ९ लाख ३५ हजार ०७४ कित्ता संस्थापक र ६५ हजार ०१६ कित्ता सर्वसाधारण सेयर गरि सो मात्राको सेयर लिलामीमा आएको हो ।

कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा संस्थापक र सर्वसाधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । कम्पनीले लिलामीमा राखिएको ९ लाख ३५ हजार ०७४ कित्ता संस्थापक सेयर हाल भएको कुल संस्थापक सेयरको ६४.१६ प्रतिशत हो ।

फाइनान्सले पुस मसान्तमा प्रकाशित गरेको वित्तीय विवरण अनुसार चुक्ता पुँजी २८ करोड ५७ लाख ४१ हजार रुपैयाँ छ । कम्पनीमा ५१ प्रतिशत अर्थात १४ लाख ७५ हजार २८० कित्ता संस्थापक सेयर छ । कम्पनीले १ बराबर १.७५ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । निष्काशन गरेको हकप्रद सेयरमध्ये ३५ प्रतिशत सेयरको लागि आवेदन नै परेन । आवेदन नपरेको १० लाख ९० कित्ता सेयरको कम्पनीले लिलामीमा राखेको बताएको छ ।

फाइनान्सले उक्त सेयर न्यूनतम मूल्य प्रतिशत १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । बोलकबोलको सेयर चैत २८ गते खुला गरिने छ । साथै, आगामी वैशाख ५ गतेसम्ममा बिक्री प्रबन्धक एस क्यापिटलमा आवदेन गर्न सकिने संस्थाले जनाएको छ ।

Share News