सेयर बजारमा सामान्य गिरावट, १ अर्ब ४१ करोडको सेयर कारोबार

<p>काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभर उतारचढाव भएको बजारमा नेप्से परिसूचक ५ दशमलब ९८ अंकले ओरालो लागेर १६५१ अंकमा झरेको छ । सो दिन एक अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनसीसी बैंकको १२ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । [&hellip;]</p>

काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभर उतारचढाव भएको बजारमा नेप्से परिसूचक ५ दशमलब ९८ अंकले ओरालो लागेर १६५१ अंकमा झरेको छ ।

सो दिन एक अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनसीसी बैंकको १२ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४४३ रुपैयाँ रहेको छ । बजारमा कुल १४३ कम्पनीको २३ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको हो ।

बजारमा बीमा, अन्य र उत्पादनमूलक समूहको परिसूचक बाहेक कारोबार भएका सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ५१ अंकले ओरालो लागेको छ । बीमा समूहको परिसूचक १५ अंकले उकालो लागेको छ भने अन्य र उत्पादनमूलक समूह स्थिर रहेका छन् ।

Share News