वाचिम्ले लघु जलविद्युुतको सेयर खुला, स्थानीयले १० देखि १००० कित्तासम्म किन्न पाउने

<p>भोजपुर। भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ । वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुल्ला गरिएको हो । सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता रु एकसयको १० कित्तादेखि एक हजार सेयर कित्तासम्म लिन पाउने भएका छन् । चालिस किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने [&hellip;]</p>

भोजपुर। भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ । वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुल्ला गरिएको हो ।

सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता रु एकसयको १० कित्तादेखि एक हजार सेयर कित्तासम्म लिन पाउने भएका छन् । चालिस किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो ।

परियोजना निर्माणका लागि हाउजिङ एन्ड हाइड्रो कम्पनी प्रालिले ७१ लाख ५१ हजार रुपैयाँमा ठेक्का लिएर निर्माण कार्य थालेको छ । यतिबेला ठाउँठाउँमा पोल गाड्ने काम भइरहेको छ ।

सोलार र दाउराको उज्यालोमा बस्न बाध्य यहाँका स्थानीय विद्युत् आउने भएपछि निकै खुसी छन् । विद्युत विस्तार भएपछि स्थानीयस्तरमा रहेका कुटानीपिसानीसमेत सहज हुने र कुटानीपिसानीको खर्च समेत कम हुने स्थानीय प्रेम खवासले बताए। रासस

Share News